नेपालले पठायो बासमती धानको भौगोलिक हकमा दाबी–विरोध गर्दै इयूलाई पत्र

२५ मंसिर, काठमाडौं । नेपालले बासमती धानको भौगोलिक हकमा दाबी–विरोध गरेको छ ।

आवश्यक डकुमेन्ट तयार गरी बुधबार बेलुका दाबी–विरोध पत्र पठाएको नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले जानकारी दिएका छन् ।

बालकृष्ण जोशीका अनुसार बासमती धान र चामलमाथि एकाधिकार माग गर्दै भारतले इयूमा दिएको आवेदनमाथि पाकिस्तान र नेपाललेसमेत दाबी–विरोध गरेको छ।

Advertisement

उक्त दाबी–विरोधमा तीनै देशले छलफल गरेर सम्झौता गरे तीनै देशले बासमती धान चामलको एकाधिकार पाउँछ । समझदारीमा नआए इयुले गरेको अनुसन्धानको आधारमा निर्णय हुने उनले जानकारी दिए ।

सन् १९६० मा नार्कले बासमती चामल सम्बन्धी अनुसन्धान गरेकोले यसले ठूलो सहयोग गर्ने उनको भनाइ छ ।

Advertisement

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र सरोकारवाला निकायका पदाधिकारीहरूको बैठकले बासमती चामलमाथि दाबी–विरोध गर्ने निर्णय गरेको थियो।

बासमती धान परापूर्वककालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले बासमतीमा नेपालको हक स्थापित हुनुपर्ने सरोकारवालाहरूले बताउँदै आएका छन् ।

भारतको तर्फबाट इयूमा बासमतीको भौगोलिक संकेत दाबी गर्दै निवेदन परेको छ।

भारतले दिएको निवदेनको विस्तृत जानकारी इयूले आफ्नो आधिकारिक जर्नलमा प्रकाशित गरेको छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top