×

NEPAL TIMES UPDATES

Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026

कोरोनालाई टेरेनन् राजावादीले

२५ मंसिर २०७७

२५ मंसिर, विराटनगर । कोरोना भाइरसको संक्रमणबाट बच्न व्यक्ति आँफै सचेत हुनुपर्नेमा नियम कानूनको धज्जी उडाउँदै जुलुस प्रदर्शनमा सहभागी हुने अनि सामाजिक सञ्जालमा पाएसम्म सरकारको विरोध गर्ने जमात ठूलै छ । जिम्मेवार भनिएका दल र राजनेताहरु समेत संक्रमण फैलिने जोखिमको ख्यालै नगरी प्रदर्शनमा सहभागी हुन नागरिकलाई उकासिरहेका छन् । कोरोना कहरमा जारी जुलुसमाथि नैतिक समर्थन जनाउने नेताहरुले संक्रमण फैलिए त्यसको पनि नैतिक जिम्मेवारी लिन्छन त भन्ने जिज्ञासा उठेको छ ।

सनातन संस्कृति समाज नेपालले बिहिबार काठमाडौंमा आयोजना गरेकोे प्रदर्शनमा सहभागीले सामाजिक दुरीको त कुरै नगरौँ कतिपयले मास्क समेत लगाएका छैनन् । यतिमात्र हैन उनिहरुले जिल्ला प्रशासन कार्यालयले सभा, जुलुस, प्रदर्शन नगर्न दिएको निर्देशनको समेत अवज्ञा गरेका छन् । जसको समर्थनमा प्रहरीले सुरक्षा प्रदान गरिरहेको छ । बिहिबार मात्र होइन ९ दिन अघि नै जुलुस, प्रदर्शनमा रोक लगाएको काठमाडौं प्रशासनको निर्देशन अवज्ञा गर्दै काठमाडौंमै मंसिर २० गते पनि प्रदर्शन भयो । प्रदर्शनमा सहभागी कतिपयले मास्क लगाएका छैनन, मास्क लगाएपनि चिउँडो भन्दा तल सारेका छन् । यसअघि पनि यस्ता प्रदर्शन भने नभएका होइनन् । कोरोना महामारीको बेवास्ता गर्दै प्रदर्शन जारी रहेपनि संक्रमण फैलिने जोखिम कम गर्न विज्ञप्ती जारी गरेर प्रदर्शन नगर्न निर्देशन दिएको काठमाडौं प्रशासन बारम्बार भइरहेका प्रदर्शन टुलुटुल हेरिरहेको मात्र छ । काठमाडौंमा मात्र होइन, देशैभर कोरोना संक्रमणको जोखिम उत्तिकै छ । तर देशका विभिन्न सहरमा राजतन्त्र, हिन्दु राज्यको माग राख्दै कोरोना कहरमा हजारौँ भेला भइ भिडभाड गर्दा कोरोना संक्रमण फैलिएर भयावह अवस्था आउने जोखिम बढेको छ । कोरोना भाइरसले विश्वभर आतंक मच्चाएको छ । करोडौं संक्रमित छन्, लाखौँको ज्यान गएको छ, बच्ने सर्वोत्तम उपाय भनेकै भौतिक दुरी कायम गर्नु भनेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) स्वयंले बारम्बार आग्रह गर्ने गरेको छ । तर नेपालमा राजसंस्था र धर्मसापेक्षता समर्थनको नारा लगाउँदै सडकमा प्रदर्शन गर्नेहरुलाई भने स्वास्थ्य मापदण्डको कुनै वास्ता छैन ।

Advertisement

सचेत भएर आँफै बच्नुपर्नेमा सरकारी संयन्त्रको अनुरोधको समेत उनिहरुलाई कुनै हेक्का छैन । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोना संक्रमणबाट बच्ने र फैलन नदिनमा नागरिक आँफै जिम्मेवार हुनुपर्ने बेलामा नागरिकका गलत व्यवहारलाई सच्याउनुको साटो राजनीतिक दल र नेताहरुनै उनिहरुलाई प्रोत्साहित गरिरहेका छन् । कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी काम गर्न सकेन भनि सरकारको आलोचना गर्ने नेता, कार्यकर्ताहरु नै आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नबाट चुकेको देखिन्छ । मंसिर २३ गते प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलिय वैठकमा सहभागी भएर निस्कने क्रममा राप्रपा नेता दीपक बोहराले सडकको आन्दोलनमा समर्थन रहेको बताए । संक्रमण फैलिइ भयावह अवस्था बनेको बेला त्यसलाई नियन्त्रण गर्न आम नागरिकलाई प्रोत्साहित गर्ने बेलामा सरकारी संयन्त्रको खिल्ली उडाउँदै भएका जुलुस, प्रदर्शनको समर्थन गर्ने अनि सरकारकै आलोचना गर्दा समर्थन नैतिक हुन्छ कि अनैतिक भन्ने जिज्ञासा उठेको छ ।

रचनात्मक आलोचना मार्फत सरकारका काम कारबाहीलाई नियन्त्रण गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि मंसिर २९ गते देशभर प्रदर्शनमा उत्रन लागेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका नखेलेको बारम्बार टिप्पणी गर्ने प्रतिपक्षीले आफ्नो भूमिका कसरी निभाउ छ त्यो भने हेर्न बाँकी छ ।

भर्खरको समाचार

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सम्बन्धित खबरहरु

Scroll to Top