पहिले फेवाताल, अहिले खेत

२५ मंसिर ७७, शुक्रबार

पाेखरा : फेवाताल सिरान ढल्केवर खपौदी क्षेत्रमा थुप्रिएको माटो झिक्न पोखरा महानगरपालिकाले वर्षायामअगावै एक कम्पनीलाई जिम्मा दियो। तर, त्यसरी झिकिएको माटो बर्खाको पानीले बगाएर तालमै ल्याउने भन्दै स्थानीयले विरोध गरे। महानगरपालिकाले काम रोक्न भन्यो, झिकिएको माटो सिमसारमै छाडियो। लगत्तै कोरोना भाइरस महामारीका कारण लकडाउन भयो। ताल पुरिएर बनेको चौरमा त्यही मौकामा ट्र्याक्टर चल्यो। त्यहाँ स्थानीयले धान रोपे। धान पाकेर उनीहरूले घरमा भित्र्याइसकेका पनि छन्।

Advertisement

मेयर मानबहादुर जीसीले माटो झिकेर ताललाई पुरानै अवस्थामा फर्काउने भने पनि त्यस्तो काम हुन सकेको छैन। ताल पुरिएर बनेको चौरमा धान रोप्नु मूर्खता भएको मेयर जीसीको प्रतिक्रिया छ। पछिल्लो नौ वर्ष अवधिमा ताल पुरिएर तीन सय रोपनी जमिन बनिसकेको आकलन गर्छन्, तालमा माछा मार्दै जीविकोपार्जन गर्ने ज्ञानबहादुर जलारी।

जलारी आमाले अहिलेभन्दा २–४ किलोमिटर माथिसम्मै ताल थियो भन्ने गरेको सुनाउँछन्। ताल क्षेत्र कति अतिक्रमणमा पर्‍यो भन्ने ताजा तथ्यांक छैन। १० वर्षअघिको एउटा रिपोर्टको जवाफ छ, ‘फेवातालको १ हजार ६ सय ९२ रोपनी जमिन अतिक्रमणमा परेको छ।’ डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा विश्वप्रकाश लामिछानेको संयोजकतत्वमा गठित समितिको निष्कर्ष हो यो।, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top