Nepal Times
Nepal Times
3
Shares

नेपाली सेफ सन्तोष ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’को फाइनलमा पुग्न सफल

नेपाली सेफ सन्तोष ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’को फाइनलमा पुग्न सफल

२६ मंसिर, एजेन्सी ।

नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको फाइनल राउन्ड प्रवेश गरेका छन् ।बिहीबार साँझ बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को सेमिफाइनल राउन्डमा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष ६ स्थानसहित फाईनलमा पुग्न सफल भएका हुन् ।

४ प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रदर्शन गरेका सन्तोष सिधै फाइनल राउन्ड पुग्न सफल भएका थिए । अन्य ३ प्रतियोगीबीच फेरि प्रतिस्पर्धा गराएर थप २ जनालाई फाइनलमा लगिएको छ । फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदै छ ।

बिहीबारको एपिसोडमा सन्तोषले योमरीसहित निर्णायकको आग्रहमा चिकेन चिल्ली, हट एन्ड साओर सुप, क्रिस्पी नुडल्सलगायत इन्डो चाइनिज परिकार र अचार पनि बनाएर खुवाए । प्रतियोगितामा सहभागी कुल ३२ व्यावसायिक सेफमध्ये विभिन्न चरण पार गर्दै टप ६ सम्मको यात्रा तय गर्न सफल सन्तोषले यसलाई आफ्नो करियरकै ठूलो उपलब्धि भनेका छन् ।

धेरै जसो बेलायतमै जन्मेका सेफहरू सहभागी रहेको सो प्रतिस्पर्धी उनले चुनौतीको रुपमा लिएको बताए । लण्डनको प्रख्यात सेफहरु सग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोष मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.