आफ्नै दाजुबाट ७ वर्षसम्म बलात्कृत भएको भन्दै अदालतमा मुद्दा दायर

२५ मंसिर ७७, शुक्रबार

२६ मंसिर, काठमाडौं । लामो समयसम्म आफ्नै दाजुबाट बलात्कृत भएको भन्दै एक युवतीले अदालतमा मुद्दा दायर गरेकी छन् ।

पाल्पाको साविक दोमान गाविस-५ की ३२ वर्षीया युवतीले आफ्नै दाजुविरूद्ध अदालतमा मुद्दा दर्ता गराएकी हुन्। बलात्कार मुद्दा अनुसन्धानको हद म्याद नाघिसकेकाले ती युवतीले हाडनाता करणी शीर्षकमा अदालतमा मुद्दा दिएकी हुन्।

ती युवती हाल बुटवल नगरपालिका जैकुरी टोलमा बस्दै आएकी छन्।

उनले पाल्पा जिल्ला अदालतमा बुधबार आफ्नै दाजुले बलात्कार गरेको भन्दै हाडनाता करणीउपर कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए । बस्यालका अनुसार युवतीको मुद्दाउपर अदालती कारबाही सुरू भइसकेको छ।

बलात्कार मुद्दाको हदम्याद एक वर्षको हुन्छ। त्यसपछि आउने मुद्दाको अनुसन्धान जटिल हुने हुँदा पीडितले न्याय पाउने सम्भावना एकदमै कम हुने बस्यालले जानकारी दिए ।

तर, मुलुकी अपराध संहितामा हाडनाता करणीमा भने जहिले पनि पीडितले अदालतमा गएर मुद्दा दिन पाउँछन्। सो मुद्दाउपर अदालतले पीडकको घरमा म्याद तामेल गरी अदालतमा उपस्थित गराउन सक्छ।

पिडक उपस्थित नभए पक्राउ गरी अदालती कारबाही सुरू हुने वैतनिक वकिल शालिकराम घिमिरेले बताए।

मुद्दामा उनले पाल्पामा रहँदा आफू सातदेखि १४ वर्षसम्म दाजुबाट बलात्कारको सिकार भएको आरोप लगाएकी छिन् ।

केही समयअघि ती युवतीले आफूमाथि लामो समय अन्याय भएकाले न्याय खोजिरहेको बताएकी थिइन्।

यसरी सात वर्षसम्म दाजुबाट बलात्कृत हुँदा आफू मानसिक रूपमै अस्वस्थ भएको उनले बताइन् । उनले आरोप लगाएका व्यक्ति पेशाले स्वास्थ्यकर्मी हुन्।

आफू मानसिक रुपमा विक्षिप्त भएपछि ‘बिहे गर्दा ठिक हुने’ भन्दै दाजुले जबरजस्ती बिहे पनि गराइदिएको उनले बताइन्। बिहे भएको एक महिनापछि ती युवती भागेर काठमाडौं आइन्।

‘काठमाडौं आएर कहिले म मन्दिरमा कहिले सडकमै बास बसेँ,’ उनले भनिन्, ‘यसरी समय बित्दै जाँदा नयाँ बानेश्वरको एउटा पसलमा काम पाएँ।’

त्यसपछि काठमाडौं मोडल अस्पतालमा उपचारपछि आफू सोह्रखुट्टेस्थित मनकामना ओपन स्कुलबाट एसएलसी गरेर प्लस टुसम्म पढेको उनले बताइन्।

त्यसपछि आफू वैदेशिक रोजगारीका लागि कुबेत गएको उनले बताइन्।

‘कुबेतमा तीन वर्ष र दुबईमा एक वर्ष बसेपछि म केही साताअघि मात्र नेपाल आएर न्यायको ढोका ढकढक्याउन थालेकी हुँ,’ उनले भनिन्।

पछिल्लो दुई महिनाबीचमा उनका बुवा-आमा दुवैको मृत्यु भयो। पीडक दाजुसँगै बस्ने बुवा-आमालाई दुःख हुन्छ भनेर आफू लामो समय कानुनी लडाइँका लागि मानसिक रुपमा तयार नभएको बताइन्।

नेपाल फर्किएपछि युवती महिला आयोगलगायतमा परामर्शका लागि गइन्। तर, मुद्दाको हदम्याद नाघेकाले उनलाई प्रहरीमा जाहेरी दिन समस्या भयो, त्यसैले उनी हाडनाता करणीमा न्याय माग्दै अदालत पुगिन्।

घटना भएको लामो समय बितिसकेकाले प्रमाण लोप हुने हुँदा पीडित उनले न्याय पाउलिन् नपाउलिन् भन्ने जटिलता भने छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top