कनिकालाई धेरै खोजियो गुगलमा

कनिकालाई धेरै खोजियो गुगलमा

एजेन्सी । सर्च इन्जिन गुगलले भारतमा सन् २०२० मा सर्वाधिक खोजिने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ ।

तर अचम्म भारतमा यो वर्ष नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धेरै खोजिएको छ । बलिउडकर्मीहरु मध्ये चाँही गायिका कनिका कपुरको नाम पहिलो नम्बरमा छ । उनि कोरोना संक्रमित भएको खबर सार्वजनिक भएसँगै उनलाई अत्याधिक खोजी गरिएको थियो । दोस्रो नम्बरमा अभिनेता अमिताभ बच्चन परेका छन् । नायिका रिया चक्रवर्ती, कलाकार अंकिता लोखन्डे र नायिका कंगना रनावत टप १० सूचीमा अटाएका छन् । यो बर्षभर नै विवादमा रहेपनि नायिका कंगना रनावतको नाम भने दशौं नम्बरमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.