कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

२७ मंसिर ७७, शनिबार
Share this
794shares

२७ मंसिर, विराटनगर ।
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ।

Advertisement

शुक्रबार गरिएको पिसिआर परीक्षणमा सिटौलाको रिपोर्ट पोजिटिभ आएको हो। सामान्य रुघाखोकी लागेपछि उनको शुक्रबार राति करिब १० बजेतिर स्वाब दिइएको र आज कोरोना पुष्टि भएको उनका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए। नेता सिटौला हाल घरमै आराम गरिरहेका छन्।

नेता सिटौलाले आफ्नो नजिकको सम्पर्कमा रहेका सबैलाई आवश्यकताअनुसार परीक्षण गर्न र सावधानी अपनाउन पनि सामाजिक संजालमार्फत् आग्रह गरेका छन्। उनले आफूमा कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताएका छन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top