अछामको साफेंबगरमा १६ वर्षपछि विमान अवतरण

Share this
751shares

विराटनगर,जेठ ११ ः अछामको सदरमुकाम मंगलसेनको विमानस्थलमा १६ वर्षपछि विमान अवतरण गरेको छ ।

Advertisement


२०५८ साल फागुन ४ गते अछाममा तत्कालिन माओवादीले बम बिस्फोट सँगै आक्रमण गरी ध्वस्त भएको विमानस्थलमा समिट एयरको लेट विमानले शुक्रबार टेस्ट फ्लाइट गरेको हाे।

सिमिकोटबाट नेपालगन्ज फर्कँदै गरेको विमानले साफेंबगरमा टचडाउन गरेको थियो।

Advertisement

साफेंबगरमा डेढ दशक पछि विमान अवतरण भएसँगै चालकदलका सदस्यलाई स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।

उक्त विमानस्थल पननिर्माणका लागि नागरिक उड्डयन प्रधिकरणले ०७३ चैतमा ११ करोड १७ लाखको ठेक्का दिएको थियो ।

Advertisement

प्राधिकरणका इन्जिनियर योगेन्द्र शर्माका अनुसार विमानस्थलको ९५ प्रतिशत काम सिकएको छ भने असार भित्र बाँकी ५ प्रतिशत काम पनि सकिने छ ।

धावनमार्ग ५५० मी लामो रहेको यो विमानस्थलमा ९५ प्रतिशत काम सकिएको छ भने असार भित्र बाँकी ५ प्रतिशत काम पनि सकिने प्राधिकरणका इन्जिनियर योगेन्द्र शर्माका बताएका छन् ।

यसबाट १९ सिटे साना विमानहरुले उडान भर्न सक्ने छन्।

शुक्रबार गरिएको टेस्ट फ्लाइट सफल भएसँगै प्रधिकरणले चाँडै नियमित व्यावसायीक उडानका लागि सो विमानस्थल खुला गर्दै छ ।

नेपालमा ५० वटा आन्तरिक विमानस्थल भएपनि बिहीबारबाट खोलिएको राजविराजको विमानस्थलसँगै ३१ वटा संचालनमा आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top