विदा फिर्ताको माग राख्दै मुस्लिम समाजद्धारा विरोध प्रदर्शन

Share this
773shares

विराटनगर,जेठ ११ ः मोरङ मुस्लिम समाजले मुस्लिम समुदायको हक अधिकार बञ्चित गर्दै धर्मनिरपेक्षता मास्ने सरकारको कार्यशैलि भएको भन्दै विरोध जनाएको छ ।

Advertisement

संविधानको मर्म विपरीत सरकारले मुस्लिम समुदायको बिदा कटौती गरेको भन्दै मुस्लिम समाजले पहिलो चरणको आन्दोलन अन्तर्गत आज विराटनगरको बुधहाट चौकमा ¥याली सहित विरोध प्रर्दशन गरेको हो ।

मुस्लिम समुदायलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा हेरेको आरोप लगाउँदै मोरङ मुस्लिम समाजले हक अधिकार सुनिश्चित तथा पुन स्थापित गराउन आन्दोलन गर्नुपरेको जनाएको छ ।

Advertisement

समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागिताको हक विपरीत राष्ट्रिय सभा र मन्त्रीमण्डलमा एकजना मुस्लिम पनि अटाउन नसक्नु गठबन्धन सरकारको मुस्लिम विरोधि भावना भएको मुस्लिम समाजको ठम्याई छ ।

मुस्लिम समाजले मुस्लिम समुदायका महान पर्वमा सार्वजनिक विदा घोषण गर्नुपर्ने, सरकारी तथा अर्धसरकारी निकायमा राजनितिक नियुक्ती गर्दा जनसंख्याको आधारमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व गराउनु पर्ने लगायतका माग राख्दै विरोध प्रदर्शन गरेको हो ।

Advertisement

सरकारले यसपालि मुस्लिम समुदायका चाड ईद,बकरईद,हजरत महम्मद जयन्तीको विदा कटौती गरेको थियो ।

नेपालमा झण्डै साढे चार प्रतिशत मुस्लिम समुदाय रहेको २०६८ को जनगणनामा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top