आज बस्ने पार्टी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री सहभागी हुने

२८ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली आज आइतबार बस्ने पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन् ।

यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। उनले स्थायी कमिटीमा पत्र पठाउँदै आफ्नो विवेक प्रयोग गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह समेत गरेका थिए।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पेश गरेको आरोप पत्रमाथि हुने छलफलमा भाग लिन नसक्ने समेत उनले पत्रमा उल्लेख गरेका थिए।

Advertisement

स्थायी कमिटी बैठकको एजेन्डा पार्टीमा देखिएका समस्याबारे छलफल गर्ने भन्ने तय भएपछि प्रधानमन्त्री पनि सहभागी हुने उनीनिकट स्रोतले बताएको छ ।

प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधर एक नेताले पनि प्रधानमन्त्री बैठकमा सहभागी हुने जानकारी आफूले पाएको बताए।

Advertisement

गत आइतबार स्थायी कमिटी बैठक एक साता स्थगित हुँदा सहमतिका लागि प्रयास गर्ने भनिएको थियो। प्रधानमन्त्री ओली पक्षधर नेताहरूले सहमतिका लागि १० दिन समय मागेका थिए।

यो बीचमा सहमतिका लागि गम्भीर रूपमा छलफल हुन सकेन। एकपटक मात्रै दुई अध्यक्षको भेटघाट भयो भने प्रधानमन्त्री निकट नेताहरूसँग प्रचण्डको सामान्य छलफल भएको छ।

पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डलाई भेटेका छन् भने लुम्बिनी प्रदेश मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेल शनिबार प्रचण्ड निवास खुमलटार पुगेका थिए। स्रोतका अनुसार प्रचण्ड र पोखरेलबीच केहीबेर मात्रै छलफल भएको थियो।

आज आइतबार बिहान प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटघाट हुने पनि बताइएको छ।

यसअघि दुई अध्यक्षबीच विवाद बढ्दा दोस्रो पुस्ताका नेताहरू सक्रिय हुने गरेका थिए। यसपटक भने उनीहरूको पनि गतिविधि देखिएको छैन।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top