प्रहरी र सशस्त्र प्रहरीको भर्नामा गत वर्षभन्दा २० गुणासम्म बढी आवेदन

२७ मंसिर ७७, आइतबार

२८ मंसिर, काठमाडौं । दुई सुरक्षा निकायको भर्नामा यस वर्ष उच्च आवेदन परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको भर्नामा गत वर्षभन्दा २० गुणासम्म बढी आवेदन परेको हो ।

नेपाल प्रहरीको जवानमा गत वर्षभन्दा करिब १८ गुणा बढी आवेदन परेको छ । गत वर्ष ६ गुणा बढी मात्र आवेदन परेको थियो ।

यस वर्ष पाँच हजार दुई सय २७ पदमा भर्ना खुलाइएको थियो, जसमा ९३ हजार एक सय ६९ आवेदन परेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

Advertisement

सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १५ हजार एक सय ४२ आवेदन परेको छ । यस्तै, सुदूरपश्चिममा १४ हजार सात सय ९८, प्रदेश–१ मा १४ हजार दुई सय ८६, कर्णालीमा १० हजार एक सय ५५, प्रदेश–२ मा नौ हजार सात सय ५३ र उपत्यकामा आठ हजार सात सय ३९ वटा आवेदन परेका छन् ।

बागमती प्रदेशका उपत्यकाबाहिर जिल्लामा चार हजार तीन सय ७६ वटा आवेदन परेका छन् । प्रहरी भर्नामा सबैभन्दा कम आकर्षण गण्डकी प्रदेशमा देखिएको छ, जहाँ ६ हजार एक सय ८० मात्र आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement

गत वर्ष नेपाल प्रहरीले ६ हजार दुई सय ४४ जवान माग गरेकामा ४१ हजार सात सय ९६ मात्र आवेदन परेको थियो । प्रहरीमा महिलाको आकर्षण पनि बढेको छ । यस वर्षका आवेदकमध्ये १९ हजार एक सय चारजना महिला छन् ।

आवेदन बढ्नुले प्रहरी जागिरमा आकर्षण बढेको देखिने प्रहरी प्रवक्ता एसएसपी कुँवर बताउँछन् । कोभिड–१९ संकटका कारण अन्यत्र अवसर कम भएकाले पनि आवेदन बढेको हुन सक्ने प्रहरी आँकलन छ ।

सशस्त्रमा १८ सय माग, ५६ हजार आवेदन

सशस्त्र प्रहरीमा करिब ३१ गुणा बढी आवेदन परेको छ । एक हजार आठ सय ३३ पदमा माग भएकामा ५६ हजार चार सय ६३ वटा आवेदन परेका छन् ।

गत वर्ष थोरै आवेदन परेकाले सशस्त्र प्रहरीले पटक–पटक म्याद थप्नुपरेको थियो । साथै, लिखित परीक्षामा मागभन्दा थोरै उत्तीर्ण भएका थिए ।

‘गत वर्षभन्दा यस वर्ष आवेदन धेरै गुणा बढी छ,’ सशस्त्र प्रहरी प्रवक्ता डिआइजी राजु अर्यालले भने ।

आवेदन बढाउन यसपटक सशस्त्र प्रहरीले पहिलोपटक ७७ जिल्लाबाटै फारम भर्न सक्ने व्यवस्था मिलाएको थियो । सशस्त्र प्रहरीका एक उच्च अधिकारीका अनुसार हिमाली जिल्लाहरूबाट भर्नामा थप प्रोत्साहन गरिएको छ ।

हिमाली जिल्लाहरूमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भइरहेको र त्यहाँ काम गर्न स्थानीय जनशक्ति हुँदा सहज हुने भएकाले सशस्त्र प्रहरीले यस्तो रणनीति बनाएको हो ।

कोभिड–१९ महामारीपछि आर्थिक क्षेत्रमा परेको असरले पछिल्लो समय बेरोजगारी बढ्दो छ । सोहीकारण सरकारी जागिरमा आकर्षण बढेको आकलन गरिएको छ ।

प्रहरीमा सबै तहको भर्नामा करिब आठ वर्षयता लोकसेवा आयोगले नै लिखित परीक्षा लिन्छ । त्यसयता प्रहरी भर्नामा निष्पक्षता हुने भएकाले सर्वसाधारणको विश्वाससमेत बढेको छ । (नयाँ पत्रिका)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top