नेकपा स्थायी कमिटीको बैठकस्थल बालुवाटार सारियो

२७ मंसिर ७७, आइतबार

२८ मंसिर, काठमाडौं ।
नेकपा स्थायी कमिटी बैठकको स्थान परिवर्तन गरिएको छ।

Advertisement

नेकपा केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक अब प्रधानमन्त्री निवास बालुवाटारमा सारिएको छ। बैठक भने दिउँसो १ बजे नै बस्नेछ। यसअघि २१ मंसीरमा धुम्बाराहीमा बैठक बसेको थियो।

उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएका थिएनन्। आजको बैठकमा उनी सहभागी हुने बताइएको छ। आज बिहान नेकपा संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवासचन्द्र  नेम्वाङ पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका थिए।

Advertisement

यसअघि स्थायी समिति सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पनि हिजो खुमलटार नै पुगेर उनीसँग भेट गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top