×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

२८ मंसिर २०७७

आजका प्रमुख खबरहरुः

१.(न्याय मर्दैन)
ललिता निवास जग्गा प्रकरणका आरोपित एवं अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातलाई विशेष अदालतद्वारा पूर्वपक्षका थुनामा /बस्न्यातले भौतिक पूर्वाधार मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा फर्जी मोही खडा गरेर जग्गा हडप्न सहयोग गरेको आरोप ।

Advertisement
Advertisement

२.(जागे उखु किसान)
उखुको भुक्तानी नपाएपछि उखु किसानद्वारा निर्णायक आन्दोलन सुरु ÷सम्झौता भएको एक वर्ष भइसक्दा समेत सरकारले पैसा नदिलाएपछि आन्दोलित भएका किसानहरुले सरकारले पैसा नदिलाएसम्म आन्दोलन गरिरहने ।

३.(काजीको कुरा)
आर्थिक लेनदेनका विषयमा मुछिएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार बाहिर प्रदर्शन गर्दै राजीनामा माग/कमानसिंह लामासँग श्रेष्ठले पैसाका विषयमा कुराकानी गरेको अडियो भिडियो सार्वजनिक भएपछि श्रेष्ठको चौतर्फी आलोचना ।

४.(कमान केन्द्रित बैठक)
केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गर्दै सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक पुस १ गते सम्मका लागि स्थगित /कमानसिंहको विवादलाई नारायणकाजीसंग जोडेर अनावश्यक प्रचार नगर्न प्रचण्डको आग्रह ।

५.(कुरो भागबन्डाको)
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आह्वान संवैधानिक परिषद्को बैठक कोरम नपुगे पछि स्थगित / देशव्यापी विरोध प्रदर्शनको अघिल्लो दिन सभापति सहभागी भएर भागबन्डा गर्न नहुने भएकाले शेरबहादुर देउवा उपस्थित नभएको कांग्रेस नेताहरुको तर्क ।

६.(भनेको मान्नु)
नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने /प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको अपील ।

७.(कर्ततु करायो)
राजपुर बमकाण्ड आरोपमा थुनामा रहेका कांग्रेस नेता आफताब आलमका भाइ महताब आलम पुर्पक्षको लागि कारागार चलान /महताबमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग ।

८.(संसद कहिले खोल्ने ?)
पुस १८ गतेभित्र संघीय संसद्को हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको सभामुख अग्निप्रसाद सापकोटाको भनाई /संसद् अधिवेशन अन्त्य भएको ६ महिना पुग्न लाग्दापनि नबोलाइएपछि सभामुखद्वारा अधिवेशन आह्वानको ताकेता ।

९.(गोकुलको गन्थन)
ओलीनिकट युवाहरुको प्रदेश भेलालाई सम्बोधन गर्न बिराटनगर आएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको बचाऊ /अर्को चुनावसम्म प्रधानमन्त्रीलाई फिर्ता बोलाउन नमिल्ने तर्क /विवादमा मुछिएपछि आफूबाट सिक्न नारायणकाजी श्रेष्ठलाई सुझाव ।

१०.(धोका दियो कि पाईयो ?)
नेपाल वायुसेवा निगमले मध्य साउनदेखि ग्राउन्डेड गरेका पाँचवटा चिनियाँ जहाज चीनले फिर्ता नलिने /जहाजमा कुनै प्राविधिक वा स्पेयर पार्टस्, पाइलटको तालिमलगायतका समस्या भए सहयोग गर्न तयार रहेको उल्लेख ।

११.(पितृदेवो भवः)
मार्गकृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरियो/कोरोना संक्रमणको महामारीका कारण यस वर्ष पशुपति क्षेत्र भने सुनसान ।

१२.(आशंकामा कर्मचारी)
भिजिट भिसामा सेटिङको आशंकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका १३ अधिकृत मन्त्रालय तानिए /भिजिट भिसामा कर्मचारीबाट अधिकार दुरुपयोग नहोस् भनेर नियमित रूपमा अनुगमन जारी ।

१३.(लयमा फुटबल)
राष्ट्रिय फुटबल टिमका ५८ जना खेलाडी बन्द प्रशिक्षण आजदेखि सुरु/ विश्वकप छनोटका लागि नेपालले चैत १२ गते चाइनिज ताइपेईसँग, चैत १७ गते अस्टे«लियसँग र जेठ २४ गते जोर्डनसँग खेल्ने ।

१४.(खोपको खबर)
अमेरिकाले नागरिकका लागि मोडर्नाले निर्माण गरेको १० करोड डोज कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने/मोडर्नालाई २० करोड डोज खोपको अर्डर /फाइजर र बायोएनटेक कम्पनीले बनाएको खोप अमेरिकामा सोमबार देखि लगाइने ।

र,

Advertisement

१५.(हरेक दिन उस्तै)
कोरोना महामारीबाट हालसम्म विश्वमा १६ लाख १३ हजार बढीको मृत्यु /७ करोड २२ लाख बढीमा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ५ करोड नाघ्यो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top