×

NEPAL TIMES UPDATES

Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026

आज सोमबारे औँशी, नबोलिकन स्नान गरे निकै फल पाइने शास्त्रीय मान्यता

२९ मंसिर २०७७

२९ मंसिर, काठमाडौं। आज सोमबार । तिथिका हिसाबले आज औँशी परेको छ । जुन दिन सोमबार र औंशी तिथि पर्दछ त्यो दिन एकाबिहानै नबोलिकन स्नान गर्नुपर्दछ भन्ने मान्यता रहिआएको छ ।

नबोलिकन स्नान गर्दा मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता राख्ने वैदिक सनातन धर्मावलम्बीहरुले बिहानै उठ्नेबित्तिकै सबैसँग नबोलिकन पहिले स्नान गर्ने गर्दछन् ।

Advertisement

आजको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउछन् ।

विसं २०७७ को साउन ५ मा पनि सोमबारे औँशी परेको थियो । यसै वर्षको आउँदो चैत ३० गते पनि सोमबारे औँशी रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको गौतमको भनाइ छ ।

औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने, र नहुने सबैलाई बिहानै स्नान गर्न मिल्ने शास्त्रमा उल्लेख छ । यस अलावा प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा रही आएको छ ।

माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको प्राडा. गौतमको भनाइ छ ।

यो पर्व स्नान या भनौ दान दिनका लागि शुभ मानिन्छ । यस दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्थलमा टाढा टाढाबाट भक्तजन पुग्ने गर्दछन् ।

‘सोमबारे औंशी’ को दिनको तिथि प्राप्त गर्न ठूलो संयोग या भाग्य चाहिने मान्यता राख्नेहरु पनि छन् । महाभारतका पात्रहरुले पनि आफ्नो जीवनकालमा सोमबारे औंशीको तिथि प्राप्त गर्न नसकेको बताइन्छ ।

पौराणिक कालमा सोमबारे औंशी अत्यन्त कम पर्दथ्यो तर सुस्तरी कलीयुगको शुरुवातसँगै धर्तीमा यो तिथि बढ्न थालेको मानिन्छ । खासमा कलीयुगमा भक्तजनलाई मोक्ष प्रदान गर्न र धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औंशीहरु परेको बताइन्छ ।

सोमबारलाई चन्द्रमाको दिन पनि भनिन्छ । चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक मानिन्छ । अनि सोमबारलाई शिवजीको दिन पनि मानिन्छ । त्यसैले यो दिन धर्म र अध्यात्ममा विश्वास गर्नेहरुका लागि अनेकन कारणले पवित्र मानिन्छ ।

के तपाईंले पनि आज बिहान सबेरै उठेर कोहीसँग नबोलिकन नुहाउनु भयो ? यदि नुहाउनुभएको हो भने शास्त्रीय मान्यतामा यस दिन निकै फल पाउनु हुनेछ ।

भर्खरको समाचार

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सम्बन्धित खबरहरु

Scroll to Top