अमेरिकामा आज इलेक्टोरल कलेजले नयाँ राष्ट्रपति र उपराष्ट्रपति चुन्दै

२९ मंसिर, एजेन्सी । अमेरिकामा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सोमबार इलेक्टोरल कलेजले नयाँ राष्ट्रपति र उपराष्ट्रपति चुन्न मतदान गर्दैछन् ।

इलेक्टोरल कलेजका ५३८ सदस्यको मतदानसँगै राष्ट्रपति चुनावमा जो बाइडनको जीत सुनिश्चित गर्ने एक महत्वपूर्ण कदम हुने एबीसी न्यूजले जनाएको छ ।

हुनत, यो मतदान एक औपचारिकता मात्रै हो । जो बाइडन र कमला ह्यारिस राष्ट्रपतिरउपराष्ट्रपतिमा निर्वाचित भइसकेका छन् । तर जुन राज्यबाट जुन पार्टीको इलेक्टोरल कलेज चुनिन्छन्, उनीहरुले आफ्नो दलका राष्ट्रपतिलाई मत दिने परम्परा अमेरिकामा रहेको छ ।

Advertisement

इलेक्टोरल कलेजको निर्णयसँगै २० जनवरीमा सत्ता हस्तान्तरणका लागि गरिने औपचारिक कार्यक्रमका लागि सबै बाटा खुल्नेछन् । ३ नोभेम्बरमा सम्पन्न निर्वाचन परिणाम अनुसार बाइडनका पक्षमा ३०६ र ट्रम्पका पक्षमा २३२ इलेक्टोरल कलेज छन् । निर्वाचन जित्न २७० मत आवश्यक पर्दछ ।

देशभरको निर्वाचन परिणामले पराजीत हुँदा पनि हार अस्वीकार गरिरहेका वहालवाला राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले इलेक्टोरल कलेजले बाइडनलाई मत दिएमा आफूले निर्णय स्वीकार्ने बताएकाले यसलाई पनि महत्वपूर्ण मानिएको छ ।

Advertisement

पराजय स्वीकार्न नसकेर आफू पराजित भएका राज्यहरुमा मुद्दा हाल्ने, परिणाम प्रमाणित गर्नै नदिने जस्ता हर्कत गरेका ट्रम्पले इलेक्टोरल कलेजका सदस्यमा पनि षड्यन्त्र गर्न सकिन्छ कि भनेर यस्तो बोलेको हुनसक्ने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आफ्नै प्रशासनले सम्पन्न गराएको निर्वाचनलाई नै बिना प्रमाण धाँधली गरेर आफूलाई हराएको आरोप बारम्बार लगाइरहेका ट्रम्पले सर्वोच्च अदालतसम्म गुहारे पनि न्यायमूर्तिहरुले उनको अपीललाई खारेज गर्दिएपछि उनी न्यायाधीशहरुकै आलोचनामा उत्रिसकेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top