छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

२९ मंसिर ७७, सोमबार

२९ मंसिर, विराटनगर । उदयपुर, मोरङ र पाँचथरको तिन स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

Advertisement

आईतवार दिउँसो साँढे २ बजेको समयमा उदयपुरको चौदण्डीगढी नगरपालिका-६ मा पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १-०५-००१ प १८५० नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको स.६ प. ९१०१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ९१०१ नम्बरको मोटरसाईकल चालक तुवाचुङ नगरपालिका खोटाङ घर भई उदयपुरको गाईघाटमा बस्ने २० बर्षीय भविन्द्र परियार घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारको क्रममा साँझ साँढे ५ बजे मृत्यु ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

Advertisement

यसैगरी बिराटनगर महानगरपालिका-४ ईकराहीमा खेत जोतिरहेको इल् त्भकत ट्याक्टर अचानक दुर्घटना भई पल्टदा घाईते भएका चालक बर्जु गाउँपालिका-६ चिमडीका ५५ बर्षीय आशाराम चौधरीको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै आज बिहान साँढे ९ बजे पाँचथरको फिदिम नगरपालिका-१ बतासे खोल्सीमा मे १ त ४१८५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक सुनसरीको झुम्का ठेगाना भएका २६ बर्षीय सन्तोष लम्जेललाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर पठाईएकोमा उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top