२९ मंसिर, झापा । झापाको शिवसताक्षी नगरपालिकाका एक व्यक्ति घाँटी रेटिएको घाइते अवस्थामा फेला परेका छन् ।
इलामको महमाईसँग सिमाना जोडिएको जंगलमा आज दिउँसो १ बजेतिर शिवसताक्षी वडा नं ११ का ७२ वर्षीय धनबहादुर राई घाँटी रेटिएको अवस्थामा घाइते फेला परेका हुन् । घाइतेलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल ल्याइएको छ । उनलाई कसले हतियार प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए ।

