सरकारसँग वार्ता गर्न उखु किसानले मानेनन्

२९ मंसिर, काठमाडौं । आन्दोलनरत उखु किसानले सरकारसँग वार्ता गर्न अस्वीकार गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले आज उद्योगीसहित आन्दोलनरत किसानलाई छलफलका लागि मन्त्रालयमा बोलाएका थिए । तर उनीहरु आउन नमानेको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री भट्टले उद्योगीहरुसँग भने मन्त्रालयमा छलफल गरेका छन् । सो क्रममा उद्योगीहरुले किसानको बक्यौता रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएको बताइएको छ । विभिन्न उद्योगहरुबाट ८० करोडभन्दा बढी रकम दिन बाँकी रहेको भएपनि किसानले अझै पाएका छैनन् । मंसिर ९ गते पनि मन्त्री भट्टले उद्योगीसँग छलफल गरेका थिए । त्यो छलफलमा पनि उनीहरुले एक महिनाभित्र किसानको बक्यौता रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएका थिए । त्यो प्रतिवद्धता जनाएको एक महिना नपुग्दै किसानहरुले आन्दोलन शुरु गरेका हुन् । आजको छलफलमा पनि उद्योगीले छिट्टै किसानको बक्यौता रकम बुझाउने प्रतिवद्धता जनाएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताइन् । मन्त्री भट्टलले किसानलाई दिनुपर्ने रकम कुन अवस्थामा छ, कति तिर्नु पर्ने हो सबै कुरा उल्लेख गरि सार्वजनिक गर्न उद्योगीहरुलाई आग्रह गरेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top