×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

कृषक आन्दोलनका सचिव हरिश्याम रायले मोलमोलाइ गरेः मिल सञ्चालक

३० मंसिर २०७७

३० मंसिर, काठमाडौं ।
अन्‍नपूर्ण तथा ईन्दिरा सुगर मिल्सका सञ्चालक राकेश अग्रवालले आन्दोलनको नेतृत्व गरिरहेका कृषक आन्दोलनका सचिव हरिश्याम रायले मोलमोलाइ गरेको आरोप लगाएका छन् ।

विभिन्‍न चरणमा रायले आफूसँग ३ करोड ३३ लाख ९२ हजार ८९९ रुपैयाँ भुक्तानी लिएको बैंक स्टेटमेन्ट उनले सार्वजनिक गरेका छन् । सबैभन्दा उखु किसानलाई भुक्तानी दिनुपर्ने ठुलो बक्यौता छ ।

Advertisement
Advertisement

आन्दोलनको नाममा उनले आफूसँग मोलमोलाई गरेको अग्रवालको आरोप छ । उनले आफूलाई आन्दोलनको धम्की दिएर रायले विभिन्‍न मितिमा दाबी गरे । भुक्तानी नपाएका किसानसंग उखुका पर्ची सस्तोमा किनेर उद्योगीलाई महँगोमा बेची करोडौं रुपैयाँ रायले लिने गरेको उनको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, उनको स्वार्थअनुसार हामीले पैसा दिन नसकेपछि उनी आन्दोलन भन्दै काठमाडौं आउँछन् र पुनः मोल मोलाई सुरु गर्छन् । मोलमोलाइ प्रकरणको निश्पक्ष छानबिनकालागि उनले अनुरोध समेत गरेका छन् ।

उनले भनेका छन्, हरिश्याम रायले कति जमिनमा खेती गर्छन ? उनको उखुको उत्पादन र बिक्री कति थियो ? उनले मिलबाट पाउनु पर्ने रकम कति हो ? तर उनले सन् २०१९ को मे महिनाको २ तारिखदेखि सन् २०२० को मार्च ३ तारिखसम्म ३२ पटक गरेर हामीसँग ३ करोड ३३ लाख ९२ हजार ८९९ रुपैयाँ भुक्तानी लिएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको रायको खाता नम्बर ०४४०५०५०२७६५७५ मा उद्योगले पटक पटक पैसा पठाएको छ र नगदै समेत दिएको उनको जिकिर छ । उनले उद्योगीको घरमै गएर पैसा लिएको भिडियो प्रमाणसमेत आफूसँग सुरक्षित रहेको बताए ।

उनले भनेका छन्, आन्दोलनको नाममा उनले हामीलाई पटक पटक धम्क्याएर ठूलो रकम असुली गरेपछि उद्योगीले बाध्य भएर उनको गतिविधि निगरानी गरेका थियौं र अब सहनै नसक्ने गरी हामीमाथि प्रहार भएपछि यो सार्वजनिक गर्न बाध्य भएका हौं । यो सबै जानकारी उद्योगीले सरकारलाई पनि बुझाएका छौं ।

उनले चिनी उद्योगीको भुक्तानी चाडै गर्ने भन्दै बिचौलिया र उद्योगीलाई दुःख दिनेलाई तत्काल कारबाही गर्न माग गरेका छन् । चिनी मिलबाट लामो समयदेखि भुक्तानी नपाएको भन्दै सर्लाहीका केही किसानहरु अहिले काठमाडौंमा आन्दोलनरत छन् ।

गतवर्ष पुसमा सरकारसँग भएको सहमति पछि बिगत १ बर्षको अवधिमा १८ करोड रुपैयाँ किसानको बक्यौता तिरेको उनले जानकारी दिए । उनले आफ्नो उद्योगको स्वामित्वमा रहेका दुई वटा उद्योगको एक वर्ष अघिको ४० करोड बक्यौता घटेर २२ करोडमा आईपुगेको जानकारी दिए ।उनले भने, एउटै मिलको बक्यौता ३० करोड भनी गलत प्रचार गरेका छन् ।

Advertisement

दुई वटा चिनी मिल सञ्चालन गर्न हामीले दुई अर्ब रुपैयाँ लगानी गरेका थियौं । गलत ठाउँमा उद्योग चलाएका कारण अहिले सम्म हामीले ९० करोड भन्दा बढी घाटा खाएका छौं । कोभिडकाकारण थलिएको आर्थिक अवस्थाका बाबजुत पनि सकेको बक्यौता तिरेका पनि छौं ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top