पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरियो

३० मंसिर, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा मंगलबार क्षमा पूजा गरिएको छ ।

Advertisement

कोरोना संक्रमणको जोखिमका कारण नौ महिना देखि बन्द गर्नुपर्दा क्षमा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

Advertisement

क्षमा पूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बिहान पशुपतिनाथ पुगेकी थिइन् । प्राचीनकालदेखि नियमित रुपमा पूजा हुँदै आएकोमा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमा पूजा गरिएको हो ।

Advertisement

आज मंगलबार क्षमा पूजा गरिएपछि भोलि बुधबार (पुस १ गते) देखि सर्वसाधारणका लागि खोल्न लागिएको पनि पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

पहिलो चरणमा मन्दिरको पश्चिम ढोकाबाट भक्तजनहरुलाई प्रवेश गर्न दिइने छ भने सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनु पर्नेछ । मन्दिरभित्र हुने विषेश पूजा, भजनकिर्तन लगायतका क्रियाकलाप भने अहिले शुरु नहुने भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top