बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको पहिचान

३० मंसिर, काठमाडौं । बेलायतको केही भागमा कोरोना भाइरसको एक नयाँ प्रकार पाइएको छ, जो तीव्र गतिमा फैलिरहेको छ ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले कम्तीमा ६० अलग–अलग स्थानीय प्रशासनले यस नयाँ प्रकारको कोभिड सङ्क्रमण भेटिएको जानकारी दिएको बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यसलाई जानकारी लिएको र बेलायती वैज्ञानिकले यसबारेमा विस्तृत अध्ययन गरिरहेको उनले बताएका छन् ।

Advertisement

यो नयाँ प्रकारको सङ्क्रमण अझ फैलिन सक्ने र खोपले पनि यसलाई काम नगर्ने हुन सक्ने मन्त्रीको भनाइ छ ।

उनले पछिल्लो हप्ता लण्डन, केन्ट एसेक्स र हर्टफोर्डशायरका क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकोबारे सदनलाई जानकारी दिएका छन् ।

Advertisement

‘अहिले हामीले भाइरसको यो नयाँ प्रकारको एक हजारभन्दा धेरै मामिला (केस) प्राप्त गरेका छौँ र विशेषगरी बेलायतको दक्षिणी भागबाट धेरै केस प्राप्त भएको छ । यो मामिला ६० अलग–अलग क्षेत्रमा पाइएको छ’, उनले भने ।

यो सम्भावित खतरालाई ध्यानमा राख्दै बेलायतमा अहिलेसम्मकै सबैभन्दा कडा लकडाउन लगाउने घोषणा गरिएको छ । लण्डन, एसेक्स र हर्टफोर्डशायरको केही भागमा भोलि (बुधबार) देखि नयाँ नियम लागू हुनेछ ।

यस अवधिमा रेस्टुरेन्ट बन्द रहनेछ, मात्र टेकअवे र डेलिभरी चल्नेछ । यसका साथै थिएटर, सिनेमा हललगायतका क्षेत्र पनि बन्द रहनेछ ।

भाइरसमा आएको परिवर्तन त्यसमा रहेको स्पाइक प्रोटिनसँग जोडिएको हुन्छ । यो भाइरसको त्यो हिस्सा हो, जसले कोषिकालाई सङ्क्रमित गर्न मद्दत गर्छ र कोरोना भाइरसको खोप यसैलाई मध्यनजर गर्दै तयार गरिएको छ ।

बर्मिङघम विश्वविद्यालयमा विशेषज्ञ फ्रोफेसर एलन म्याकनलीले बीबीसीसँग भने, ‘हामीलाई धेरै चिन्तित हुनुपर्ने आवश्यक छैन । यसको मतलब यो निकै सङ्क्रामक या खतरनाक छैन भन्ने होइन, हामीले यसमाथि ध्यान राख्नुपर्छ ।’

भाइरसको यो नयाँ प्रकारलाई बुझ्न ठूलो स्तरमा कोसिस भइरहेको उनले बताए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top