हन्दू राष्ट्र पार्टीको लाइन नभइ व्यक्तिगत धारणा मात्र होः प्रकाशमान सिंह

३० मंसिर, जनकपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हन्दू राष्ट्र पार्टीको लाइन नभएको बताएका छन् ।

Advertisement

कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह गर्नुपर्ने बताएको भोलिपल्टै पार्टीका प्रभावशाली नेता सिंहले यो लाइन पार्टीको नभएको बताए ।

‘कुनै नेताले आफ्नो व्यक्तिगत धारणा दिँदैमा पार्टीको लाइन बन्न सक्दैन’ मंगलबार प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले भने, ‘हामी आफैंले ल्याएको परिवर्तनविरुद्व जान सक्दैनौं ।’

Advertisement

कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र संविधानमा प्रदत्त अधिकारलाई सुरक्षित राख्दै अगाडि बढ्न पार्टी तयार रहेको उनको भनाइ छ । ‘आफैंले ल्याएको परिवर्तन उल्टाउन सकिन्न,’ उनले भने, ‘आफ्नो पार्टी संघीय गणतन्त्र, समावेशीता, धर्म निरपेक्षप्रति प्रतिबद्ध छ ।’

नेकपा नेतृत्वको सरकार भने संघीय गणतन्त्रको मर्म विपरीत चलेको उनको आरोप छ । प्रधानमन्त्री स्वयंले प्रदेशलाई संघीय सरकारको प्रशासनिक केन्द्र भनेर अभिव्यक्ति दिनु संघीयताको उपहास भएको उनको भनाइ छ ।

Advertisement

सरकार भ्रष्टाचारमा रुम्लिएको, जनताभन्दा आफ्नो स्वार्थ पूर्तिमा लागेकाले कांग्रेस सडकमा आएको उनले बताए । ‘अब हामी सरकारको भ्रष्टाचारी र सर्वसत्तावादविरुद्व निरन्तर सडक तताउँछौं’ पूर्वमहामन्त्री सिंहले भनेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top