आज १,९९६ संक्रमित डिस्चार्ज हुँदा ९३६ जना थपिए

३० मंसिर, विराटनगर । पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

Advertisement

आजै १९ सय ९६ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप १४ संक्रमितको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

Advertisement

उनीहरुमध्ये २ लाख ३८ हजार ५६९ जना संक्रमणमुक्त भएका छन् भने १७ सय ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ९ हजार ८ सय ८१ सक्रिय संक्रमित छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top