सर्लाहीमा चिनी उद्योगीविरुध्द पक्राउ पूर्जी जारी

१ पुष, सर्लाही ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीले उखु किसानको भुक्तानी नदिने चिनी उद्योगीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अन्नपूर्ण तथा ईन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए । उनकाअनुसार सर्लाहीमा उखु किसानले दिएको जाहेरीका आधारमा पक्राउ पूर्जी जारी भएको छ ।

सर्लाही जिल्ला प्रशासन कार्यालयले कानुन बमोजिम कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो । प्रहरीले किसानको जाहेरी लिएर पक्राउ पूर्जी समेत जारी गरिसक्यो, उनले भने ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले चिनी उद्योगीविरुद्ध मुद्दा दायर गर्ने हिसाबले कारबाही अघि बढाएको बताए ।

रौतहटको प्रहरी कार्यालयले भने उखु किसानको जाहेरी नपरेकाले कारबाही अघि नबढाएको बताएको छ । त्यहाँका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कानुन बमोजिम कारबाहीका लागि पीडितको जाहेरी पर्नुपर्ने बताए ।

बुधबार दिउँसो बजेसम्म कुनै पनि उखु किसानले प्रहरी कार्यालयमा जाहेरी नदिएको उनले जानकारी दिए । उनले भने, हामी त कानुन बमोजिम मुद्दा चलाउने तयारीमा छौं । तर त्यसका लागि पीडितको जाहेरी आवश्यक पर्ने भएकाले कारबाही अघि बढाइएको छैन ।

अघि केही किसान प्रतिनिधि आएर जाहेरी दिन्छौं भनेर जानुभएको छ । तर अहिलेसम्म जाहेरी दिइसक्नुभएको छैन । मंगलबार गृह मन्त्रालयले रौतहट, नवलपरासी र सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई चिनी उद्योगीलाई कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको थियो ।

गृह, कृषि र उद्योग मन्त्रालयको संयुक्त बैठकले यस्तो निर्णय गरेको थियो । कार्यालयलाई उनीहरुलाई पक्राउ गरी उखु किसानको बक्यौता असुलउपर गर्ने अधिकार छ । अहिले मुलतस् चार उद्योगले उखु किसानको भुक्तानी दिन बाँकी रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

बाँकी उद्योगहरुको पनि केही रकम बाँकी भएपनि किसानको खाता नपाएको भन्दै भुक्तानी हुन नसकेको उनीहरुको भनाइ छ । चार मध्ये सबैभन्दा धेरै श्रीराम मिलको बक्यौता छ । जो करिब ३ महिनाअघि बन्द भएको थियो ।

अन्‍नपूर्ण सुगर मिलको २६ करोड रुपैयाँ बक्यौता छ । लुम्बिनी सुगर मिलको ८ करोड ४१ लाख रुपैयाँ छ । त्यस्तै इन्दिरा सुगर मिलको चार करोड ७० लाख रुपैयाँ बक्यौता रहेको मन्त्रालयले जानकारी दिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top