आजका प्रमुख खबरहरुः
१.(फिर्ता भयो अध्यादेश ?)
चौतर्फी दबाबपछि अन्ततः संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत/विशेष अधिवेशन बोलाउने निवेदन दर्ता नहुने सहमतिसँगै ओलीको उपस्थितीमा बालुवाटारमा बस्यो नेकपाको स्थायी कमिटी बैठक ।
२.(कहिले गर्ने पक्राउ ?)
जिल्ला प्रहरी कार्यालय सर्लाहीद्वारा अन्नपूर्ण तथा ईन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालविरुद्ध भुक्तानी नदिएको आरोपमा पक्राउ पुर्जी जारी /अन्नपूर्णको २६ करोड, लुम्बिनीको ८ करोड ४१ लाख र इन्दिराको चार करोड ७० लाख बक्यौता बाँकी ।
३.(उखुको आन्दोलन)
उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत उखु किसानद्वारा हातमा उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन /सरकार र उद्योगीहरुबीच मिलेमतो भएको भन्दै किसानहरुद्वारा वार्तामा बस्न अस्वीकार ।
४.(संक्रमणको आँकडा)
नेपालमा २४ घण्टामा थप १३ संक्रमितको मृत्यु/आज ७३६ नयाँ संक्रमित थपिदा ८४७ जना डिस्चार्ज/हाल देशभर ९ हजार ७ सय ५७ सक्रिय संक्रमित ।
५.(कलेजको कर्तुत)
भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा अनियमितता गर्न सञ्चालकहरूले विधान नै किर्ते गरेर पोखरा विश्वविद्यालयमा बुझाएको खुलासा /पक्राउ परेका लम्बोधर न्यौपानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वाेच्च अदालतद्वारा खारेज ।
६.(नाकाको लफडा )
जीर्ण रहेको हुलाकी सडक स्तरोन्नती र नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै सर्वपक्षीय संघर्ष समितिद्वारा सर्लाही जिल्ला बन्दसहित सदरमुकाम मलंगवामा प्रदर्शन /लगातार १० दिन धर्ना दिँदा पनि सुनुवाइ नभएकाले जिल्ला बन्द गराइएको समितिको भनाई ।
७.(कहिले चढ्नु धरहरा ?)
धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै धेरै समय कुर्नुपर्ने /बीसौँ तलाको ढलान गर्ने तयारी हुदा पुनःनिर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न /निर्धारित समयमा काम सम्पन्न नहुने ।
८.(खुल्यो पशुपतिको ढोका)
कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला/ मन्दिर खोलिएपछि पूजाआजा गर्न सर्वसाधारण देखि कलाकारसम्म जाडोको प्रवाह नगरी बिहानै पशुपतिनाथ मन्दिर पुगे ।
९.(किन दिनु भत्ता ?)
सरकारी कर्मचारीले पोशाक भत्ता बापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि सिंहदरबार प्रवेश गर्ने कर्मचारीहरुको पोशाक चेकजाँच/अधिकांश कर्मचारीले पोशाक नलगाएको भेटियो अबदेखि नियमित रुपमा छड्के जाँच गरिने ।
१०.(झन्डा दिवस)
आज तेस्रो राष्ट्रिय झण्डा दिवस / विक्रम संवत २०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको दिनको सम्झनामा दिवस मनाउने प्रचलन ।
११.(औषधिको तस्करी)
इजाजत बिना प्रतिबन्धित औषधि ल्याई विक्री बितरण गर्न खोज्ने ८ जना व्यक्तिहरु चितवनबाट पक्राउ / भारतबाट तस्कर गरी पर्साबाट चितवनको माडी तर्फ ल्याउँदै गरेका ३१ लाख बढीको औषधि बरामद ।
१२.(परिणाम हेरौं)
वैदेशिक रोजगारीमा ठगिएका उजुरी महत्वका साथ हेर्ने वैदेशिक रोजगार विभागको भनाई / म्यानपावरले ठगे कारबाही गर्ने र गन्तव्य देशमा ठगिए सम्बन्धित देशमा रहेको नेपाली दूतावासमार्फत न्याय दिलाउन पहल गर्ने उल्लेख ।
१३.(अनलाइन रि इन्ट्री)
आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृति अर्थात रि इन्ट्री सुविधा लिन पाउने/अब विदेशमा रहेका श्रमिकले नेपाल आउनुपर्ने बाध्यता हट्ने र लाखौं श्रमिक यसबाट लाभान्वित हुन सक्ने ।
१४. (खोपको प्रभावकारिता)
मोडर्नाको खोप ९४ प्रतिशत सुरक्षित भएको खाद्य तथा औषधि प्रशासन एफडीएको दाबी /अमेरिकामा मोडर्नाको खोप पनि आपतकालीन प्रयोगका लागि बाटो खुल्यो /अनुमति लिएको २४ घण्टाभित्र खोप वितरण हुने ।
र,
१५.(बढ्दो क्षति)
विश्वमा हालसम्म कोरोना संक्रमणबाट १६ लाख ४४ हजार बढीको मृत्यु/७ करोड ३९ लाख बढीमा संक्रमण पुष्टि हुँदा ५ करोड १८ लाख बढी उपचारपछि निको भए ।


