त्रिविकाे ट्रान्सक्रिप्ट पाउन धेरै समय कुर्नु नपर्ने,अब एकदिनमै ट्रान्सक्रिप्ट

काठमाडौँ, १३ जेठ
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप) उपलब्ध गराउनका लागि आजदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको छ ।

Advertisement

त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा आज आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सो प्रणालीको उद्घाटन गर्दैस्नातक तह शिक्षाशास्त्रका मनोजकुमार सिंहलाई उक्त प्रविधिबाट बनेको प्रमाणपत्र दिए ।

उनले त्रिवि अब सूचना प्रविधिमैत्री भएको बताए । ‘‘ हामी त्रिविलाई कागजविहीन बनाउन प्रयासमा छाैँ । यसैको शुरुआत आजदेखि एकै दिनमा ट्रान्सकृप दिन थालेका हौँ’’ उनले भने, ‘‘एकै दिनमा ट्रान्सक्रिप दिने सेवालाई विस्तारै क्षेत्रीय कार्यालय र क्याम्पसमा विस्तार गर्नेछौँ ।’’ उनले सन् २०२० सम्म अनलाइन प्रणालीलाई व्यवस्थित बनाई परीक्षा सुधार गरिने जानकारीसमेत दिए।

Advertisement

कार्यक्रममा परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई ट्रान्सक्रिप पाउन हप्ता लाग्ने भएकामा अब सजिलोका लागि फाराम भरेकै दिन पाउने बताए । नियन्त्रक जोशीले विभिन्न सङ्काय र तहका नौ ठाउँलाई एकीकृत गरी एकै ठाउँबाट उक्त प्रविधि प्रयोग गरी ट्रान्सक्रिप दिइने जानकारी दिए।

त्रिविले अहिले शुरुमा स्नातक तहको शिक्षा शास्त्रसंकायको मात्र ट्रान्सक्रिप दिने गरे तापनि एक हप्ताभित्र सबै सङ्कायको दिने तयारी गरेको छ । उनका अनुसार उक्त प्रविधिले एक मिनेटमा ४५ ट्रान्सक्रिप्त छाप्ने गरेको छ । सोही प्रणालीमार्फत त्रिविले रजिष्ट्रेशन, परीक्षा फाराम, नतिजा प्रकाशन, लब्धाङ्क र प्रोभिजनल सर्टिफिकेट समेत वितरण गर्नेछ । पहिले एक मिनेटमा एक मात्र ट्रान्सक्रिप्ट छाप्ने गरिएको थियो ।

Advertisement

विद्यार्थीलाई सजिलोका लागि टोकन प्रणालीमार्फत एकै ठाउँमा शुल्क र फाराम बुझाएपछि सोही ठाउँबाट एकै दिनमा ट्रान्सक्रिप्ट उपलब्ध गराइने परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । पनिकाले अहिले केन्द्रीय कार्यालयबाट शुरु गरे तापनि विस्तारै पोखरा, नेपालगञ्ज, विराटनगर र अत्तरियाबाट समेत एकै दिनमा ट्रान्सक्रिप दिइने तयारी गरेको छ ।

अहिले दैनिक करीब एक हजार पाँच सय जना ट्रान्सक्रिप्ट लिन पनिका बल्खुमा आउने गरेका छन् । अहिले त्रिविअन्तर्गतका एक हजार १०८ क्याम्पसमा करीब छ लाख हजार विद्यार्थी अध्ययनरत छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top