भारतमा कोरोना संक्रमित एक करोड नाघे

४ पुस, विराटनगर ।
कोभिड–१९ संक्रमित एक करोड नाघ्ने दोस्रो देश बनेको छ भारत।

शुक्रवार भारतमा २७ हजार २२ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै करोडको लहरमा उक्लेको हो। योसँगै भारतमा हाल एक करोड ४ हजार ८२५ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

अमेरिकामा एक करोड ७८ लाख बढीलाई कोरोना पुष्टि भइसकेको छ। भारतमा कोरोनाका कारण एक लाख ४५ हजार जनाले ज्यान गुमाइसकेका छन्। शुक्रवारमात्र ३४२ जनाको मृत्यु भएको थियो।

Advertisement

हालसम्म अमेरिकामा ३ लाख २० हजारभन्दा बढिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना संक्रमणकै कारण विश्वमा १६ लाख बढी मानिसहरुको ज्यान गइसकेको छ भने सात करोड ५९ लाख भन्दा बढी मानिसहरुमा संक्रमण पुष्टि भइसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top