७ दिन भित्र माग पूरा नभए कोरोना पिडित व्यवसायी सडकमा उत्रिने

४ पुस, काठमाडौं । कोभिड १९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरु एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसका कारण लकडाउन घोषणा पछि पेशा, व्यवसाय धरासायी भएको र राज्यले सेवामुलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या समाधान गर्न उदासिन भएको भन्दै ७ दिनको अल्टिमेटम दिएर आन्दोलनको घोषणा गरेका हुन् ।

सार्वजनिक यातायात व्यवसायी, पर्यटनसँग सम्बद्ध संगठनहरु, निजी विद्यालय, पार्टी प्यालेस तथा क्याटरिङ, निर्माण सामाग्री व्यापर संघ, आयुर्वेद, सुनचाँदी, फर्निचर, काष्ठकला लगायतका व्यवसायसँग सम्बन्धित २२ संघसंस्थाले संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका हुन् ।

Advertisement

कोभिडका कारण धरासायी बन्न पुगेका पेशा, व्यवसायको संरक्षणमा सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने, बन्द रहेका पेशा व्यवसायको सम्पूर्ण कर र जरिवाना मिनाहा गर्नुपर्ने, ऋणको व्याज, घरभाडा छुट गर्न राज्यले व्यवस्था गर्नुपर्ने लगायतका माग सरकारसँग राखिएको संर्घष समितिका संयोजक कर्णबहादुर शाहीले बताए ।

माग पुरा गराउन सम्बन्धित निकायमा ७ दिनको म्याद दिएको उल्लेख गर्दै संघर्ष समितिले माग पुरा नभए निजी क्षेत्रबाट सरकारलाई तिर्ने करको अवज्ञा गर्ने, सडक प्रदर्शन गर्ने तथा राष्ट्र बैंक, वित्तिय संस्था एवम् सिंहदरबार घेराउ गर्ने संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

कोभिड १९ संक्रमणका कारण गत चैत्र महिनाको लकडाउन पछि धेरै पेशा, व्यवसाय पूर्ण रुपमा आजसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top