बर्दिया निकुञ्जमा सेना र सिकारीबीच गोली हानाहान

५ पुस ७७, सोमबार

६ पुस, बर्दिया ।
गएराति बर्दिया राष्ट्रिय निकुञ्जमा नेपाली सेना र सिकारीबीच गोली हानाहान भएको छ ।

निकुञ्जको खयर भट्टीमा ५–६ जनाको समूहमा रहेका सिकारी र निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेनाबीच गोली हानाहान भएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए।

बर्दिया राष्ट्रिय निकुञ्जको खयरभट्टी पोष्टबाट झण्डै ६ किलोमिटर उत्तरपश्चिम निकुञ्जको कोर इलाकामा पर्ने गिठ्ठे खोला नजिक निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोली र हतियारधारी सिकारीहरुसँग मुठभेड हुँदा दोहोरो फायरिङ भएको निकुञ्जले जनाएको छ ।

निकुञ्जको नियमित गस्तीका क्रममा रहेका बेला सिकारीहरु वन्यजन्तुको मासु भाग लगाएर प्याक गर्दै गरेको अवस्थामा फेला पारेको सहायक संरक्षण अधिकृत असिम थापाले बताए । ‘सिकारीहरु बन्दुकसहित थिए, सेनालाई देख्नासाथ उनीहरुले गोली चलाए, सेनाले पनि जवाफमा गोली चलायो, उनीहरु भागे’ ( थापाले भने ।

निकुञ्जको टोलीले तत्काल खोजी गर्दै जाने क्रममा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत बराहाताल गाउँपालिका वडा नम्बर ३ नरसिंहकाँडाका ३४ वर्षका चक्रबहादुर विष्ट र त्यही ठाउँका २४ वर्षका गणेश तिवारी रहेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाका अनुसार उनीहरुको साथबाट भरुवा बन्दुक ३ थान, गोली १७ थान, बारुद २०० ग्राम, हँसिया ५ थान, गुलेली १, जाल १, वन्यजन्तुको सुकुटी अन्दाजी ७० किलो, बन्दोबस्तीको सामानलगायतका सामाग्री बरामद गरिएको छ । फरार रहेका शिकारीलाई पक्राउ गर्न खोजी कार्य भइरहेको छ ।

निकुञ्जका कर्मचारीसहित निकुञ्ज सुरक्षार्थ नेपाली सेनालाई देख्न साथ सिकारीहरुले गोली प्रहार गरेपछि सेनाले पनि जवाफी फायर गरेको हो । दुवैतर्फ फायरिङ भएपनि कुनै मानवीय क्षति नभएको निकुञ्जको भनाइ छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top