७ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले नेकपाको आधिकारिक प्रवक्ता आफु रहेको बताएका छन् ।
नेकपा अध्यक्ष ओलीले डाकेको केन्द्रीय समिती वैठकले नेता श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई नियुक्त गरेको थियो । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर केन्द्रीय समितीको वैठकबाट बाहिरिँदै श्रेष्ठले आफू नेकपाको प्रवक्ता भएको दाबी गरे । उनले आफु कुनै गुटको प्रवक्ता नभइ नेकपाको प्रवक्ता भएको जिकिर गरेका छन् । उनले कुनै गुटको भेलाको निर्णय नेकपासँग सम्बन्धित नहुने बताए ।