७ पुष, काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहको केन्द्रीय कमिटी वैठकले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णयमा नेता प्रभु साहले असहमति जनाएका छन् । तर साहले एकजना मात्र अध्यक्ष बनाउनुपर्ने धारणा राखेपनि प्रस्ताव पारित भइसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले प्रस्ताव पारित भइ अध्यक्ष परिवर्तन भइसकेको अवस्थामा अब उक्त विषयमा छलफल नहुने बताए ।