×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बादललाई बेस्कन हेपिएपछि…

८ पौष, काठमाडौं । ‘प्रचण्डले मलाई एकदमै अण्डरइस्टिमेट गर्नुभयो, हेप्नुभयो । अब मन्त्रीबाट राजीनामा दिएँ भनेर म उहाँकहाँ भन्न जान्नँ ।’

परिवर्तित परिस्थितिमा आफ्नो भूमिका प्रष्ट पार्नुपर्ने दबाबसहित अस्ति सोमबार गृहमन्त्री रामबहादुर थापा (बादल) को सरकारी निवास पुल्चोकमा आफू पक्षधर पूर्वमाओवादी नेताको भेलाबीच बादलले उक्त कुरा बताएका हुन् । त्यसलगत्तै उहाँलाई भेट्न प्रचण्ड पुल्चोक पुगे । बादलको कुरा उद्धृत गर्दै एक नेताले सुनाए, ‘तपाईंहरुको सुझाव प्रतिगमन (ओली)तिर हैन, यथास्थिति (प्रचण्ड) तिरै जाने कुरामा मेरो समर्थन छ । तर, यसनिम्ति प्रचण्डसँग कुरा गर्नुपर्छ ।’

Advertisement
Advertisement

नेकपाको केन्द्रीय कमिटीमा बादल समूहका ३३ जना छन् । त्यसमध्ये स्थायी कमिटीमा स्वयं बादल, पम्फा भुषाल र देव गुरुङ छन् । यसबाहेक केपी ओलीसँगको तालमेलमा विभिन्न प्रदेशमा बादलका मान्छेहरुले भूमिका पाएका छन् । जस्तो कि, कर्णालीमा आन्तरिक मामिला (गृह) मन्त्री छन् नरेश भण्डारी । गण्डकीमा पनि आन्तरिक मन्त्री हरिबहादुर चुमान छन् । प्रदेश १ मा एकमात्र पूर्वमाओवादी मन्त्री छन्, मौसम । त्यहीँ उपसभामुख छिन्, सरस्वती पोखरेल । लुम्बिनी प्रदेशका आन्तरिक मन्त्री कूलप्रसाद केसी (सोनाम) र सभामुख पूर्ण घर्ति पनि बादल पक्षधर हुन् ।

यता, राजधानी उपत्यकाभित्र नेकपाको नेतृत्वमा माधव नेपाल समूहभन्दा पूर्वमाओवादी समूह बलियो देखिएको छ । काठमाडौंमा इञ्चार्ज छिन्, सावित्रा भुषाल । वामदेव पक्षधर र अहिले माधव पक्षमा खुलेकी । अध्यक्ष कृष्ण राई केपी पक्षधर । काठमाडौंका सचिव हिमाल प्रचण्डपक्षीय । ललितपुरका इञ्चार्ज हरि दाहाल पूर्वमाओवादी समूहका । त्यहाँका सचिव राजकाजी महर्जन पनि पूर्वमाओवादी । उपत्यका इञ्चार्ज लीलामणि पोखरेल पूर्वमाओवादी समूहका, सहइञ्चार्ज अरुण नेपाल माधवपक्षीय । उपत्यकाको विशेष प्रदेशका अध्यक्ष राजन भट्टराई प्रधानमन्त्रीकै सल्लाहकार भइहाले, सचिव लेखनाथ न्यौपाने पूर्वमाओवादीको पनि बादल समूहका ।

Advertisement

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top