×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026
Playing
आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ? || Nepal Times
May 07, 2026
Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026

गोर्खा फौजमा अरूलाई मिसाउने योजनाबारे भारतको जबाफ कुर्दै नेपालीभाषी भूतपूर्व सैनिकहरू

८ पुस, बीबीसी ।
गोर्खा बटालियनमा अन्य भारतीयहरूलाई पनि भर्ना लिने तयारीप्रति असन्तुष्टि व्यक्त गरेका भूतपूर्व गोर्खा र नेपालीभाषी भारतीयहरूले हाल आफूहरू भारत सरकारको उत्तरको प्रतीक्षामा रहेको बताएका छन्।

एक महिनाअघि विभिन्न भारतीय सञ्चारमाध्यममार्फत् भारत सरकारको उक्त तयारी सार्वजनिक भएको थियो। त्यसपछि भारतमा रहेका नेपालीभाषी भारतीयसम्बद्ध संस्थाहरू, भूतपूर्व गोर्खाहरू र नेपालीभाषीको बसोबास रहेको क्षेत्रका केही सांसदहरूले उक्त तयारीबारे भारत सरकारलाई पत्र लेखेरै असन्तुष्टि व्यक्त गरेका थिए।

Advertisement
Advertisement

नेपाली नागरिक भूतपूर्व भारतीय गोर्खाहरूले पनि नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूसँग त्यसबारे चासो र चिन्ता व्यक्त गरेको बताएका छन्। यद्यपि उनीहरूलाई दूतावासका अधिकारीहरूले विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भए जस्तो तयारी नभएको उत्तर दिएको भूतपूर्व गोर्खाहरूले बताए।

भारतको तयारी
उच्च सैन्य स्रोतलाई उद्धृत गर्दै एक महिनाअघि भारतीय सञ्चारमाध्यमहरूले भारतको गोर्खा बटालियनमा उत्तराखण्ड राज्यका कुमाउनी र गढवाली युवाहरूलाई पनि भर्ना गर्ने समाचार प्रकाशन–प्रसारण गरेका थिए।

विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरूमा त्यस्तो भर्ना छानिएका केही गोर्खा राइफल्समा मात्र हुने बताइएको छ। अनि भारतीय सेनाले आगामी भर्ना चक्रबाट त्यसलाई कार्यान्वयन गर्ने तयारी गरेको ती समाचारहरूमा जनाइएको थियो।

सन् १९४७ मा ब्रिटेन, नेपाल र भारतबीच भएको एउटा त्रिपक्षीय सम्झौताअनुसार भारतमा हालसम्म गोर्खा भर्ती हुँदै आएको छ। गोर्खा बटालियनमा ६० प्रतिशत नेपाली नागरिक र ४० प्रतिशत नेपालीभाषी भारतीय नागरिकहरू (भारतीय गोर्खा) लाई भर्ना लिने चलन छ।

सुरुमा गोर्खा पल्टनमा सबै नेपाली नागरिकलाई मात्र भर्ना लिने गरिन्थ्यो। तर त्यसको नेतृत्व तहमा भने भारतीयहरू हुने गर्थे। पछि गोर्खा पल्टनमा ७० प्रतिशत नेपाली र ३० प्रतिशत नेपालीभाषी भारतीयलाई लिन थालियो।

त्यसलाई पुनः परिवर्तन गरेर ६० प्रतिशत नेपाली नागरिक र ४० प्रतिशत नेपालीभाषी भारतीय राख्न थालिएको बताइन्छ। तर भारत सरकारले त्यो अनुपातलाई फेर्ने तयारी गरेको समाचारहरूमा उल्लेख गरिएको छ।

गत महिना आएका ती समाचारहरूपछि कतिपयले त्यसलाई पछिल्लो समय बिग्रेको नेपाल–भारत सम्बन्धसँग पनि जोडेर हेरेका छन्। भारतीय सेनामा काम गरेर अवकाश पाएका नेपालीभाषी भारतीयहरू र नेपाली नागरिक भारतीय भूतपूर्व गोर्खाहरू दुवैले ती समाचारहरू आउनेबित्तिकै असन्तुष्टि व्यक्त गरेका थिए।

त्यसरी असन्तुष्टि व्यक्त गर्नेमा नेपाली नागरिक भूतपूर्व भारतीय गोर्खादेखि नेपालीभाषी भारतीय भूतपूर्व गोर्खाहरू पनि छन्। त्यस्तैमध्येका एक भारतीय गोर्खा फौजका अवकाशप्राप्त कर्णेल एवम् संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासङ्घका अध्यक्ष धनबहादुर थापाले भारतीय दूतावासका अधिकारीसँग त्यसबारे कुराकानी गरेको बताए।

उनले भने, यो खबर आएपछि मैले काठमाण्डूस्थित भारतीय दूतावासका अधिकारीहरूसँग चासो र चिन्ता व्यक्त गरेको थिएँ। उहाँहरूले आधिकारिक रूपमा त्यस्तो केही पनि जानकारी आएको छैन भन्नुभयो।

मैले उहाँहरूलाई यदि त्यसरी गोर्खा पल्टनमा मिसमास गरियो भने त्यो पल्टनको स्पिरिट नै मिल्दैन भनेर जानकारी गराएको छु। यदि राजनीतिकीकरण गरेर गोर्खा पल्टनमा त्यस्तो गरिए भारतकै बदनाम हुन्छ भन्ने हाम्रो मत रहेको छ र भारत सरकारले त्यस्तो गर्ला जस्तो पनि लाग्दैन।

भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासङ्घका प्रदेश नम्बर–१ संयोजक रहेका अर्का भूतपूर्व भारतीय गोर्खा सैनिक किशोरकुमार राई पनि यदि त्यस्तो व्यवस्था गरिए त्यो भारतकै लागि सही निर्णय नहुने बताउँछन्।

उनी भन्छन्, नेपाल र भारतबीच हालसम्म मैत्रीपूर्ण सम्बन्ध रहेको छ। नेपाल र भारतबीच यस्तो सम्बन्ध हुँदा पनि किन भर्ती घटाउने ? भारतस्थित नेपालीभाषी भूतपूर्व गोर्खा सैनिकहरूले भने उक्त समाचार प्रकाशमा आउनेबित्तिकै त्यसलाई उद्धृत गर्दै भारतका रक्षामन्त्री र त्यहाँका सेनाध्यक्षलाई पनि पत्र लेखेर असहमति जनाएका छन्।

भारतको उत्तराखण्ड निवासी भारतीय गोर्खा फौजका अवकाशप्राप्त कर्णेल जीवनकुमार क्षेत्रीका अनुसार भारतीय सेनाको उक्त तयारीबारे थाहा पाउनेबित्तिकै भूतपूर्व गोर्खाहरूले त्यस्तो पत्र लेखेका हुन्।

नेपालीभाषी भारतीयहरूको हकहितमा काम गर्ने गैरराजनीतिक सङ्गठन भनेर चिनिएको भारतीय गोर्खा परिसङ्घ उत्तराखण्डमा आबद्ध उनले उक्त संस्थाका तर्फबाट पनि रक्षामन्त्री र सेनाध्यक्षलाई असहमतिपत्र पठाइएको जानकारी दिए।

बीबीसीसँग उनले टेलिफोनमा भने, सन् १९८६ मा पनि अन्य पल्टनहरूलाई मिसाउने काम भएको थियो तर गोर्खालाई छोएको थिएन। सन् १९९९ मा पनि त्यस्तै कोसिस भयो तर सफल भएन।

अहिलेसम्म भारतीय सेनामा गोर्खा पल्टन चोखो छ। दुई सय वर्षको इतिहास भएको गोर्खा पल्टनलाई अन्य जातिसँग मिसाउने कुरालाई खारेज गरिनुपर्छ भनेर हामीले पत्र लेखेका छौँ। सरकारको तर्फबाट जबाफ आइसकेको छैन। हामी जबाफ कुर्दैछौँ।

गोर्खा पल्टनको आफ्नै संस्कार, संस्कृति र परम्परा रहेकाले पनि यसलाई छुट्टै रूपमा नै राख्नु उपयुक्त हुने उनको तर्क छ। उक्त पल्टनका लागि नेपाली नागरिक र भारतीय गोर्खाहरूले पाउँदै आएको कोटाले भारतमा रहेका नेपालीभाषीलाई विशेष ढङ्गले रोजगारी उपलब्ध हुने हुँदा पनि आफूहरूले निर्णयको विरोध गरेको उनको भनाइ छ।

आसाम निवासी भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय उपाध्यक्ष यामप्रसाद घिमिरे पनि गोर्खा फौजमा गोर्खालीलाई मात्र लिनुपर्छ भन्ने आफ्नो सङ्गठनको मान्यता रहेको बताउँछन्।

अहिले चर्चामा आएको कुरा कार्यान्वयनमा आएमा धेरै भारतीय गोर्खा युवाहरूले रोजगारीको अवसर गुमाउन सक्ने उनको चिन्ता छ।

गोर्खालाई सांसदहरूको साथ
भारतमा रहेका नेपालीभाषी गोर्खाले राखेको चासो र चिन्तालाई गोर्खा समुदाय रहेका क्षेत्रबाट प्रतिनिधित्व गर्ने केही सांसदहरूले साथ दिएका छन्।

उनीहरूले रक्षामन्त्री राजनाथ सिंहलाई पत्र लेख्दै समाचारहरूमा आएको जस्तो निर्णय कार्यान्वयन नगर्न आग्रह गरेका छन्। आसामबाट प्रतिनिधित्व गर्ने विपक्षी कङ्ग्रेस पार्टीका लोकसभामा संसदीय दलका उपनेता गौरव गोगोईले गत नोभेम्बर ९ तारिखमा रक्षामन्त्री राजनाथ सिंहलाई गोर्खा भर्तीबारे पत्र लेखेका थिए।

उनले लेखेको पत्रमा गोर्खा फौजमा अन्य समुदायलाई मिसाउँदा गोर्खा फौजको मार्गदर्शनमै असर पर्ने बताएका छन्। भारतको आधुनिक इतिहासमा गोर्खा फौजको केन्द्रीय भूमिका रहेको स्मरण गराउँदै गोगोईले उक्त प्रस्ताव पुनर्विचार गर्न आग्रह गरेका छन्।

पश्चिम बङ्गालबाट राज्यसभामा प्रतिनिधित्व गर्ने तृणमूल काङ्ग्रेसकी सांसद शान्ता क्षेत्रीले पनि गत नोभेम्बर १० मा रक्षामन्त्री राजनाथ सिंहलाई पत्र लेख्दै उक्त प्रस्ताव कार्यान्वयन नगर्न आग्रह गरेकी छन्।

उनले सो प्रस्ताव लागु भए गोर्खाको लडाकु भावनामा नकारात्मक असर पर्ने उल्लेख गरेकी छन्। उनले भारतमा दुई करोड गोर्खा रहेकाले अन्य समुदायका मानिसलाई गोर्खा बटालियनमा समावेश गर्नुको साटो बेरोजगार भारतीय गोर्खा युवालाई भर्ना गर्न आग्रह गरेकी छन्।

कति छन् भारतीय सेनामा गोर्खा ?
भारतीय सेनाको कुमाउँ रेजिमेन्टमा ३४ वर्ष काम गरेका अवकाशप्राप्त कर्णेल धनबहादुर थापाका अनुसार भारतीय सुरक्षा फौजमा हाल करिब ५०,००० नेपाली गोर्खा कार्यरत छन्।

तीमध्ये भारतीय सेनामा मात्र ४०,००० जति नेपालीहरू छन्। त्यस्तै झन्डै १,२५,००० भूतपूर्व भारतीय गोर्खाहरूले नेपालमा पेन्सन बुझ्ने गरेका छन्।

Advertisement
Advertisement

तर हाल भारतीय सेनामा कति नेपाली नागरिक कार्यरत छन् भन्ने तथ्याङ्कहरू सार्वजनिक गरिएको पाइँदैन।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top