८ पौष, काठमाडौँ । आज बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९ सय मा कारोवार भएको थियो ।
बुधबार प्रतितोला ९ सय रुपैयाँले ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन मंगलबार प्रतितोला रु ९४ हजार ४ सय मा कारोवार भएकामा बुधबार भने प्रतितोला रु ९३ हजार ५ सयमा कारोवार हुने गरी मूल्य तोकिएको छ ।
यसैगरी चाँदी प्रतितोला ५० रुपैयाँले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ ।