८ पौष, काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाइ सर्वाेच्च अदालतले संवैधानिक इजलासबाट गर्ने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा बुधबार भएको प्रारम्भिक सुनुवाइपछि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश जारी भएको हो।
संसद विघटनविरूद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ भएको थियो ।