×

NEPAL TIMES UPDATES

Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026

नेकपा दुवै समूहका भेलैभेलाः कार्यकर्ता तान्ने होडबाजी

९ पौष, काठमाडौं । औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्ष आफ्नो समूहबाट अर्को समूहतर्फ नेता–कार्यकर्ता चोर्न नदिन विभिन्न उपाय अवलम्बन गरिरहेका छन् ।

Advertisement

दाहाल–नेपालनिकट नेताहरू बुधबार दिनभर नै आफ्ना निकटहरूसँग सम्पर्कमा रहे । ओली पक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई हटाएर नेपाल पक्षका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी पनि उक्त समूहमा भइरहेको छ ।

त्यसैगरी नेपाल पक्षबाटै पार्टीको महासचिव चयन गर्ने तयारी पनि भएको छ । महासचिवको नाम भने तय भइसकेको छैन । भीम रावल र सुरेन्द्र पाण्डेमध्ये एकजना महासचिव चयन हुने नेपालनिकट नेताले बताए । महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई साथ दिएपछि उनको स्थामा महासचिव छान्न लागिएको हो ।

पार्टी एकता कायम रहेको बताउँदै आएका दाहाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठकबाटै महासचिव छान्ने र अन्य केन्द्रीय सदस्य थप गर्ने भएको हो ।

दाहाल–नेपाल समूहका नेताहरूले जिल्लाजिल्लाबाट केन्द्रीय सदस्यका लागि उपयुक्त हुने नाम संकलन गरिरहेका छन् । उनीहरूले एकदुई दिनभित्रै पूर्वएमालेका तर्फबाट प्रतिनिधित्व गर्नेगरी करिब १ सय ४० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

‘ओली समूहतिर रहनुभएका साथीहरूका स्थानमा पूर्वएमालेकै साथीहरूलाई मनोनयन गरिनेछ,’ नेता माधवकुमार नेपालनिकट एक नेताले भने ।

ओली समूहको यसअघि नै महाधिवेशन आयोजक कमिटी बनाएर शपथ ग्रहण गराइसकेको छ । साथै बुधबार सातै प्रदेश भेला गरेर पार्टीभित्र देखिएको अन्योल र पार्टी विभाजन हुनुको कारण तथा अबको रणनीतिबारे केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिएको छ । सो समूहले प्रदेश भेला राजधानी उपत्यकाका पार्टी प्यालेस र कलेजहरूमा आयोजना गरेको थियो ।

प्रदेश १ को भेला अनुपम पार्टी प्यालेस बत्तीसपुतली, प्रदेश २ को अनामनगरस्थित एक निजी कलेज, बागमती प्रदेशको रोयल पार्टी प्यालेस तीनकुने, गण्डकी प्रदेशको सहकारी बोर्डको अफिस पुल्चोक, लुम्बिनी प्रदेशको इन्द्रेणी ब्यांकेट नयाँ बानेश्वर, कर्णाली प्रदेशको एसियन पार्टी प्यालेस सुकेधारा र सुदूरपश्चिम प्रदेशको कार्निभल रेस्टुरेन्टमा भएको थियो ।

ओली समूहले प्रदेश १ को भेलामा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणि तथा र डा. शिवमाया तुम्बाहाङ्फेलाई खटाएको थियो ।

प्रदेश २ को भेलामा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो खटिएका थिए । वाग्मती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पदमा अर्याल, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल, लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, मणि तथा र गोमा देवकोटा खटिएका थिए ।

कर्णाली प्रदेशको भेला शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे खटिएका थिए ।

Advertisement

भेलामा राजधानीमा उपलब्ध ओली समूहका नेता तथा कार्यकर्ता सहभागी थिए । मंगलबार मात्रै महाधिवेशन आयोजक कमिटी गठन गरेको यो समूहले सातै प्रदेशको भेला राखेको हो । बिहीबार ओली समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top