बैतडीमा जीप दुर्घटनाः चालकको मृत्यु, ३ जना घाइते

८ पुस ७७, बिहीबार

९ पौष, बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

Advertisement

धनगढीबाट छुटेको से १ ज ८४३ नम्बरको बलेरो जिप सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना हुँदा चालक बझाङको बुङ्गल नगरपालिका –११ बस्ने २६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको हो।

आज बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन्।

Advertisement

बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ वर्षीय जनकराज भट्ट, ४० वर्षीय गंगादत्त भट्ट र बझाङको चिरबित्थडका २७ वर्षीय हरिश बोहरा घाइते छन्।

बोहरा बाहेकका २ जनाको अवस्था गम्भीर रहेको छ।

Advertisement

उनीहरुलाई घटनास्थलबाट उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले सेतोपाटीलाई जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top