‘माक्र्सवाद र समाजवाद’ विषयमा अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ, जेठ १४
विश्व सर्वहारा वर्गका नेता कालमाक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल)ले यही जेठ १६ र १७ गते नेपालमा ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएका छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकतापछि विश्वका अन्य कम्युनिष्ट पार्टीहरुलाई नेपालको शक्तिशाली कम्युनिष्ट पार्टीले नयाँ सन्देश दिने अवसरका रुपमा समेत सम्मेलनको तयारी भएको छ ।

सम्मेलन आयोजक समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा माक्र्सवादी विचारहरुका बारेमा विश्वका विभिन्न भूभागमा रहेका कम्युनिष्ट, समाजवादी तथा श्रमिक पार्टीका बीचमा अनुभव आदानप्रदान हुनेछ ।

समितिका संयोजक एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुको विगतको चुनौती र भावी नीतिका बारेमा सम्मेलनमा बहस हुने बताउँदै जनताको मुक्ति र समाज रुपान्तरणलाई कम्युनिष्टहरुले केन्द्रमा राख्ने भएकाले समाजवादले समृद्धि हासिल गरी न्यायोचित वितरण कसरी गर्न सक्छ भन्नेमा आफूहरुको ध्यान रहेको बताए ।

उनले भने, “नेपालको संविधानमा सहमतिका आधारमा समाजउन्मुख अर्थतन्त्र समावेश गरिएको छ । त्यसैले कम्युनिष्टहरुले समाजवादको बहस गर्दा गैरकम्युनिष्टहरु आत्तिनु पर्दैन ।”

सम्मेलनको प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन र कार्यपत्र प्रस्तुत गरिने सम्मेलनमा ओलीले “नेपालका कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया तथा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आजको माक्र्सवाद र समाजवाद’, विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा हालसम्म विभिन्न ११ देशका १५ कम्युनिष्ट तथा समाजवादी पार्टीले सहभागिताको सुनिश्चितता गरिसकेका छन् ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता हुनुपूर्व नै सो सम्मेलन संयुक्त आयोजना गर्ने तीन कम्युनिष्ट दलबीच सहमति भएको थियो । आयोजक समितिमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत छन् ।
रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top