NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता शुक्रबार जेष्ठ ३ , २०८२
स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई शुक्रबार जेष्ठ ३ , २०८२
बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले शुक्रबार जेष्ठ ३ , २०८२
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
Next
Prev

समाचार

बल्खुमा तीन नेता, एकताको सन्देश

बिहिबार पुस ९ , २०७७
Reading Time: 1 min read
A A
Nepal Top
बल्खुमा तीन नेता, एकताको सन्देश
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ पुष, काठमाडौं । प्रचण्ड–नेपाल समूहका तीन नेता बल्खु स्थित पार्टी कार्यालय पुगेर कम्युनिष्ट एकताको सन्देश दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय समिति बैठक सकिए लगत्तै बल्खु पुगी मदन भण्डारीको शालिकमा माल्यार्पण गरी कम्युनिष्ट एकताप्रति प्रतिवद्धता जनाएका हुन् । केन्द्रीय समिति बैठकबाट वर्तमान अवस्थामा कम्युनिष्ट एकताको ऐतिहासिक आवश्यता रहेको ठहर गरेका नेताहरु सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिन बल्खु पुगेको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफुहरुनै वास्तविक नेकपा भएको भन्दै सबै कमिकमजोरी सच्याएर एकतावद्ध हुन सबैलाई आव्हान समेत गरे । अध्यक्ष दाहालले लोकतन्त्र र गणतन्त्र विरुद्धको षडयन्त्रको रुपमा असंवैधानिक तरिकाले संसद विघटन गरिएकोले त्यस विरुद्ध कम्युनिष्ट एकता आवश्यक रहेको प्रतिक्रिया दिए । उनले अहिले सम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धिका विरुद्धको षडयन्त्रको रुपमा संसद विघटन लाई लिईएको भन्दै त्यसलाई सफल हुन नदिने संकल्प गरे । उनले भने“आज मात्रै हामीले हाम्रो पार्टीको केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्यौं । बैठक सफलतापूर्वक सम्पन्न गरेको र फेरीपनि कम्युनिष्टहरुको एकताको ऐतिहासिक आवश्यकता बारेपनि हामीले प्रस्ताव पारित गरेको सन्दर्भमा बल्खु स्थित पहिलाको पार्टी कार्यालयमा कमरेड मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने र देशभरी फेरीपनि सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिने उद्देश्यले हो । हामीले केन्द्रीय कमिटीको दोस्रो बैठक जो पोहोर साल भएको थियो त्यस बैठकको अध्यक्षता मैले गरेको थिएँ । त्यो बैठकबाट यो ठाउँमा राम्रो आधुनिक र सबैखाले कम्युनिष्टहरुको भाव झल्कने खालको राम्रो कार्यालय भवन बनाउने निर्णय गरिएको थियो । त्यो निर्णयलाई स्मरण गर्नको लागि पनि तेस्रो केन्द्रीय समितिको बैठक पछि हामी आएका छौं । अब कमरेड माधव नेपाल जो लामो समय सम्म यही ठाउँको पार्टी कार्यालयमा महासचिवको हैसियतले एमालेमा नेतृत्व गर्नुभयो अहिलेको बैठकले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको सन्दर्भ पनि यो सँग जोडिएको छ । हामीले दिने सन्देश भनेको के हो भने संसद अप्राकृतिक र असंवैधानिक तरिकाले विघटन गरियो । यो लोकतन्त्रका विरुद्ध, गणतन्त्रका विरुद्ध र अहिलेसम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धीको विरुद्ध षडयन्त्रको रुपमा छ । यसलाई हामी सफल हुन दिन्नौं भन्ने कुरापनि हामीले पारित गरेका छौं । र यसलाई हामी सफल हुन दिन्नौ भन्ने देखाउन संकल्प दोहोर्याउन चाहेको हो ।”

प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनतालाई प्रतिनिधिसभाको विघटन विरुद्धमा एकजुट हुन आग्रह गरे । प्रधानमन्त्री ओलीबाट राजाको निरंकुश कदम चालको भन्दै त्यसको भत्र्सना गरे । उनले भने‘अहिले सिङ्गो राष्ट्र नै अनिश्चितताको भूमरीमा परेको छ । त्याग, तपस्या र बलिदानबाट ल्याएको संविधान,जनप्रतिनिधिहरुबाट निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधानलाई कुल्चिने काम भएको छ । त्यसको प्रावधानका विपरित, भावनाका विपरित, मर्मका विपरित प्रतिनधिसभालाई विघटन गर्ने अत्यन्तै गलत कदम प्रधानमन्त्री केपी शर्मा ओलीबाट चालिएको छ । हामी त्यसलाई स्वीकार गर्ने पक्षमा छैनौं । प्रतिनिधि सभालाई कुनैपनि तानाशाही तरिकाबाट विघटित गर्न पाइदैन । यो ठिक राजाको निरंकुश कदम जस्तै अर्को प्रतिगामी कदम हो । यसको हामी घोर भत्र्सना गर्दछौं ।’

LS Auto

उनले जग्गा खरिद, भवन निर्माण, केन्द्रीय कार्यालय बनाउने सवालमा आफ्नो भावना जोडिएको भन्दै नेकपाको मुल धार र मुल शक्ति आफूहरु नै भएको भन्दै गल्ति सच्याएर सबैलाई मुलधारमा जोडिन आव्हान गरे । त्यसैगरी वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली सच्चा कम्युनिष्ट नै नभएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले पार्टीको विधि र विधान नमानेको र आन्तरिक मतभेदका नाममा संसद विघटन गरेर अपराध गरेको टिप्पणी गरे । उनले भने “मनभित्रन्नता पार्टी भित्र जहिले पनि हुन्छ । मतभिन्नता हुनु सामान्य कुरा हो । मतभिन्नतालाई नीति र विधि अनुरुप सञ्चालन गर्नुपर्छ र समस्याको समाधान गर्नुपर्छ । तर कमरेड केपी ओली वास्तवमा कम्युनिष्ट नै भईसक्नुभएको रहेनछ । उहाँले पार्टीका विधि नै मान्नुभएन । पालना गर्नुभएन । अनुशासन पनि मान्नुभएन । अनि पार्टी भित्रका मतभेदको नाउँमा संसदको विघटन गर्नुभयो । यो अत्यन्तै ठूलो अपराधको कुरा हो । संविधान विरोधी अपराध हो । लोकतन्त्र विरोधी अपराध हो । यो जनादेशको विरुद्धमा छ । जनताको भावना विरुद्ध छ । राष्टहित विरुद्ध छ । वास्तविक नेकपा यही हो । आधिकारीक यही हो ।हामी यसलाई नया ढंगले एकतावद्ध गर्ने र पुर्नगठन गर्ने हो ।”

लोकप्रीय

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

शुक्रबार जेष्ठ ३ , २०८२
लौरो अभियानसंग आफ्नो कुनै सम्बन्ध नरहेको बालेनको प्रष्टोक्ती

बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले

शुक्रबार जेष्ठ ३ , २०८२

विचार

थप समाचार

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता
ताजा समाचार

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई
खेलकुद

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: गाजामा नाकाबन्दी लगाएर बम हा*नियो,भारत–पाकको यु*द्धविराम मे १८ सम्म || Nepal Times

World News: गाजामा नाकाबन्दी लगाएर बम हा*नियो,भारत–पाकको यु*द्धविराम मे १८ सम्म || Nepal Times

00:16:19

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

00:13:19

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०

हालका पोस्टहरू

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

शुक्रबार जेष्ठ ३ , २०८२
लौरो अभियानसंग आफ्नो कुनै सम्बन्ध नरहेको बालेनको प्रष्टोक्ती

बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले

शुक्रबार जेष्ठ ३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.