आजका प्रमुख खबरहरुः
१.(को भन्दा को कम ?)
नेकपाका दुई समूह एक–अर्कालाई कारबाहीमा उत्रिए/प्रचण्ड–नेपाल समूहले यसअघि प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाएकोमा ओली समूहद्वारा पनि प्रचण्ड कार्यकारी अध्यक्षबाट हटाइए /प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्जलाई समेत जिम्मेवारी मुक्त ।
२.(आधिकारिकताको बाटो)
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षद्वारा पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता /संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने व्यवस्था ।
३.(बादल बदली)
नेकपाको सचिवालय सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा बादल नेकपाको केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी / थापालाई उपाध्यक्ष बनाउने तयारी/ नेकपाबाट एउटा गुट अलग भएको गृहमन्त्री थापाको भनाई ।
४.(विरोधको बाटो)
संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहद्वारा भोलिबाटै सडक आन्दोलनमा उत्रिने निर्णय सहित आन्दोलनको कार्यक्रम घोषणा /आगामी पौष १४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने ।
५.(दबाब कि प्रभाव ?)
शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकको निर्णय /सर्वोच्च र निर्वाचन आयोगलाई संविधान र कानुन अनुसार फैसला गर्न प्रचण्डको अनुरोध ।
६.(एक काम दुई पन्थ)
संसद विघटनपछि दुविधामा रहेको नेपाली कांग्रेसले देशभर संसद विघटनको विरोधमा आन्दोलन गर्ने /देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमै आगामी पौष १३ गते विरोधका कार्यक्रम गर्ने घोषणा ।
७.(अवसरको सदुपयोग )
संविधानमा असहमति जनाउदै आएको जनता समाजवादी पार्टी, नेपाल पनि संसद विघटनविरुद्ध आन्दोलनको तयारीमा जुट्यो /प्रतिनिधिसभाको बैठक आह्वान गर्न सभामुख अग्नि सापकोटालाई जसपाका नेताहरुको आग्रह ।
८.(महिलाको मत)
विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुद्वारा प्रतिनिधि सभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा/ आर्थिक संकटकाबीच सरकारले गरेको चुनावी घोषणाले देशको आर्थिक अवस्था अझ धरासायी बन्ने निष्कर्ष ।
९.(यस्तो छ है आज)
नेपालमा आज ६ सय १३ संक्रमित थपिँदा ७ सय ३९ डिस्चार्ज /हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ सय ८ पुग्यो /हाल देशभर ७ हजार ३ सय ८४ सक्रिय संक्रमित ।
१०.(गले त किसान ?)
आन्दोलनरत उखु किसानले सहमतिको लागि सरकारलाई आफ्नो धारणा पठाए /भुक्तानीको सुनिश्चिततासहित सरकारले सहमतिको लागि बोलाए वार्तामा जाने उखु किसान संघर्ष समितिको भनाई ।
११.(गायक मन्त्रीको रेकर्ड)
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर एकल गायनमा विश्व रेकर्डको तयारमा /शुक्रबार बालाजुस्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्दै ।
१२.(ठडिदैंछ धरहरा)
२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माण सम्पन्न / उपत्यका अवलोकन गर्न पाउने २० औं तलामा बन्ने बारदली बनाउने काम जारी /तीन तलाको पार्किङ स्थल निर्माण पनि द्रुत गतिमा ।
१३.(आउँछ त मल ?)
भारतबाट जीटूजी प्रक्रिया मार्फत रासायनिक मल खरिद गर्नेबारे रोकिएको छलफल एक वर्षपछि पुनः अघि बढ्यो /दुवै देश स्पष्ट मोडालिटीसहित पुनः सम्वादमा बस्ने /अर्को बार्ताको मिति भने तय हुन बाँकी ।
१४.(नेपालीलाई अवसर)
नेपालका तीन जना क्रिकेट खेलाडीले यूएईमा हुने टी–टेन लिग खेल्ने/आबुधाबीमा जनवरी २८ देखि हुने प्रतियोगितामा सोमपाल कामी, करण केसी र कुशल मल्ल तीन फरक टिममा अनुबन्धन हुने पक्का ।
र,
१५.(कोरोनाको अवस्था)
विश्वमा कोरोनाबाट हालसम्म १७ लाख ३९ हजार बढी संक्रमितको मृत्यु /७ करोड ९१ लाख बढीमा संक्रमण पुष्टि हुँदा ५ करोड ५७ लाख बढी निको भए /संक्रमण फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यु ।