बालकृष्ण ढुंगेलको कैद मिनाहा गर्ने फाइलको सक्कल बुझाउन सर्वोच्चको माग

विराटनगर,जेठ १४

Advertisement

ज्यान मुद्दामा कैद सजाय भोगिरहेका नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा सम्बन्धी सरकारी निर्णयको सक्कल फाइल माग सर्वोच्चले माग गरेको छ ।

न्यायाधीश मिरा खड्का र टंकबहादुर मोक्तानको इजलासले कैद मिनाहा सम्बन्धी निर्णयको सक्कल फाईल अदालतमा झिकाउन सोमबार आदेश दिएको हो ।

Advertisement

सरकारी वकिलले ढुंगेलको कैद मिनाहाको सिफारिस गृह मन्त्रालयसम्म पुगेको जानकारी पाएको तर के आधारमा माफी दिएको हो आफूले पत्र हेर्न नपाएको बताए ।

वकिलले त्यसबारेमा आफूलाई थाहा नभएको बताएपछि सक्कल फाइल मगाउन आदेश भएको हो ।

Advertisement

सर्वोच्चको आदेशमा ‘विपक्षी बालकृष्ण ढुंगेललाई सजाय मिनहा सम्बन्धी सक्कल फाइल इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनुहोला ।’ भनिएको छ ।

सर्वोच्चले समय अभावका यस सम्बन्धी बहस नसकिएको भन्दै मंगलबार पनि बहस जारी रहने बताएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर ढुंगेलको बाँकी कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र ढुंगेललाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनले ढुंगेलको कैद मिनाहाको निर्णय रोक्न अन्तरिम आदेश माग गरेका थिए भने शुक्रबार सर्वोच्च अदालतले ढुंगेललको कैद मिनाहा गर्नुको कारणबारे लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिँदै अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा छलफल गर्न सोमबार दुबै पक्षलाई बोलाएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top