×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

पुनर्निर्माण प्राधिकरण स्थापनाको पाँच वर्ष पूराः काम अझै बाँकी

१० पौष, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको आज पाँच वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पबाट भएको क्षतिपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका काम गर्न २०७२ साल पुस १० गते प्राधिकरण स्थापना भएको थियो ।

प्राधिकरणले निजी आवास, शिक्षा, स्वास्थ्य, पुरातात्त्विक सम्पदा, सार्वजनिक र सुरक्षा निकायका भवन पुनर्निर्माणको जिम्मेवारी पाएको थियो । तर भूकम्पको पाँच वर्ष ८ महिनामा पनि पुनर्निर्माणका काम भने सकिएका छैनन् । निजी आवासमा अहिलेसम्म ७६ प्रतिशतले मात्रै अनुदानको तेस्रो किस्ता बुझेको प्राधिकरणको तथ्याङ्क छ ।

Advertisement
Advertisement

भूकम्पले घर भत्केका झण्डै ८ लाख लाभग्राहीसँग अनुदानको सम्झौता भएको थियो । तीमध्ये ५ लाख ५८ हजार घरको पुनर्निर्माण भएको छ । प्रवलीकरण गर्नुपर्ने झण्डै ७८ हजार घरको काम पनि अहिलेसम्म अगाडि बढ्न सकेको छैन ।

निजी आवासमा सन्तोषजनक प्रगति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको दाबी छ । भूकम्पपछि भएको नाकाबन्दी र पछिल्लो कोरोना भाइरस सङ्क्रमण जोखिमकाबीचमा पनि पुनर्निर्माणले गति लिएको उनको दाबी छ ।

आर्थिक वर्ष २०७७र७८ को पहिलो चार महिनामा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्त्विक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ । यो अवधिमा रानीपोखरी तथा बालगोपालेश्वर मन्दिरको काम सकिएको छ । धरहराको २० औँ तलामा काम भैरहेको छ ।

पुनर्निर्माण गर्नुपर्ने ९ सय २० पुरातात्त्विक सम्पदामध्ये अहिलेसम्म ४ सय ५९ वटाको काम सकिएको छ । प्राधिकरणका अनुसार अहिले १ सय १९ सम्पदाको काम भैरहेको छ भने अरु ३ सय ४२ सम्पदाको काम बाँकी छ ।

त्यस्तै भूकम्पले भत्केका ७ हजार ५ सय ५३ विद्यालय भवनमध्ये ६ हजार ५८ वटाको काम सकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटाको पुनर्निर्माण सकिएको छ । १ सय ४५ वटा बन्दै छन् । भूकम्पले क्षति पुगेका ४ सय १५ सरकारी भवनमध्ये ३ सय ५० वटाको पुनर्निर्माण भएको छ ।

भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माणसम्बन्धी ऐनमा प्राधिकरणको अवधि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ । पुनर्निर्माण तथा पुनःस्थापनाका काम बाँकी रहेपछि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

Advertisement

पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षभरि बजेट परिचालनसहित सक्रिय रुपमा काम गर्नेछ भने बाँकी ५ महिना १० दिन दस्तावेज हस्तान्तरण, लेखा परीक्षणलगायतका काम गर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिएका छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top