Nepal Times
Nepal Times
3
Shares

नेपाली मन्त्रीले बनाए विश्व कीर्तिमान

नेपाली मन्त्रीले बनाए विश्व कीर्तिमान

१० पुष, काठमाडौं । देशको राजनीति उथलपुथल भएको छ । हरेक प्रहर राजनीतिक घटनाक्रम बदलिरहेका छन । देश भित्रको अस्थिर राजनीतिक गतिविधिका बीच आलोचनाको केन्द्र बनिरहेको छ सरकार ।तर यो समयमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर भने विश्व रेकर्ड बनाउन सफल भएका छन ।

उनले एकल गायनमा विश्व रेकर्ड बनाएका हुन । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सम्म गीत गाएर विश्व रेकर्ड बनाएका हुन । यसअघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको कीर्तिमान बनेको थिएन । कीर्तिमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गीत गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्रहलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाएका थिए । राज्यमन्त्री मानन्धरले वल्र्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा गाएका थिए । यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले वल्र्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.