रहेनन् सुदेश रिमाल

११ पुष, काठमाडौं । नशा सम्बन्धी रोगका कारण मृत्यु हुनु भएका राष्ट्रिय खेल भलिबलका पूर्व मुख्य प्रशिक्षक सुदेश रिमालको सम्मानमा आज (शनिबार) राष्ट्रिय खेलकुद परिषद्ले श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

राष्ट्रिय खेलाडी देखी मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुभएका सुदेशको अन्तिम सम्मानमा राखेपले त्रिपुरेश्वरमा श्रद्धाञ्जली सभा गरेको हो । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकलुद परिषद्को हातामा कार्यक्रम आयोजना गरी पूर्व मुख्य प्रशिक्षक सुदेशको श्रद्धाञ्जली सभा गरेको हो । यस्तै राष्ट्रिय खेलकुद परिषद्ले आईतबार राखेपमा विदा दिने निर्णय समेत गरेको छ । ब्रेनह्यामरेज भएपछि बाँसबारी न्यूरो अस्पतालमा उपचाररत ५६ वर्षीय रिमालको शुक्रबार निधन भएको हो । पर्साको वीरगन्जमा जन्मिएका रिमाल पछिल्लो दुई वर्ष राखेपको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को निर्देशकका रूपमा काम गर्दै आएका थिए । गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा भलिबल टोलीको मुख्य प्रशिक्षक समेत रहनुभएका सुदेशको टोली नेपालले कांस्य पदक जितेको थियो । दोस्रो पुस्ताको रुपमा चिनिएका रिमाल २०४० सालपछि करिब एक दशक राष्ट्रिय टोलीका सदस्य रहेर सन १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए । विभिन्न कोर्स पूरा गर्नुभएका रिमालले राष्ट्रिय टोलीको जिम्मेवारी पनि सम्हालेका थिए । २०४२ सालमा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा सुदेश नारायणी अञ्चलको टोलीबाट राष्ट्रिय टोलीमा डेब्युु गर्नुभएको थियो । ओपन स्पाइकरको पोजिसनबाट खेल्दै आएका सुदेश सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले कांस्य पदक जित्दा प्रमुख प्रशिक्षक रहेका थिए । मध्यम प्रदर्शन गर्ने सुदेशको अन्तिम श्रृद्धाञ्जलीमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष सहित विभिन्न पदाधिकारी, नेपाल भलिबल संघका पदाधिकारी देखी भलिबल खेलाडी उपस्थित भएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top