म्याच फिक्सिङको आरोपी अन्जन केसी सट्टेबाजीको चलाएको आरोपमा पुनः पक्राउ !

विराटनगर,जेठ १५

Advertisement

दुई वर्ष अघि फुटवलमा म्याच फिक्सिङको आरोपमा पक्राउ परेर मुद्धा खेपिरहेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजको धन्दा’ चलाएको आरोपमा पुनः पक्राउ परेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमबाट लामो समय खेलेका केसी अनुभवी र राम्रा खेलाडी मानिन्छन् ।

Advertisement

विभिन्न विदेशी फुटबल प्रतियोगिता हरु इंग्लिस प्रिमियर लिग, च्याम्पियन्स लिग लगायतमा सट्टेबाजी गराएको आरोपमा केसीलाई सोमबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।

सट्टेबाजीको आरोपमा प्रहरीले केसी सहित काठमाडौं, भक्तपुर र ललितपुरबाट ६ जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

पक्राउ पर्नेमा गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल र विजय श्रेष्ठ रहेका छन् ।

प्रहरी स्रोतका अनुसार उनीहरुले हालै सम्पन्न इन्डियन प्रिमियर लिगमा सट्टेबाजी गराएका थिए ।

संगठित रुपमा सट्टेबाजी गराउँदै आएको यो समूहका सदस्य मध्ये अञ्जनले फुटबल सेक्टर हेर्ने गरेको प्रहरीले जनाएको छ ।

सट्टेबाजका डन मानिले नागराजको सदस्यको रुपमा काम गर्दै आएको यो समूहले सट्टेबाजी सँगै म्याच फिक्सिङ समेत गर्र्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी स्रोतका अनुसार गुण्डा नाइके दावा लामा पनि अञ्जन केसी समुहका रहेको खुलेको छ ।

यसअघि, म्याच फिक्सिङको आरोपमा मुद्दा खेपिरहेका केसी विशेष अदालतको फैसलापछि धरौटीमा रिहा भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top