जनकपुरबासीलाई भारतीय भनेकी सुष्मा स्वराजले माफी मागिन्

विराटनगर,जेठ १५

Advertisement

भारतीय विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा नेपाली भूभागका जनकपुरबासी लाई भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागेकी छिन् ।

सोमबार नयाँ दिल्लीस्थित विदेशमन्त्रालयमा भएको वार्षिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्री स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि नेपालको जनकपुरसम्म लाखौँ भारतीय समुदायलाई सम्बोधन गरेको भनेपछि उनको चर्को आलोचना सुरू भएको थियो ।

Advertisement

उनले आफ्नो गल्ती स्वीकारेको ट्वीटरमा लेखेकी छिन् ।

जनकपुरको मैदानमा लाखौँ भारतीयलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नुलाई भारतीय कुटनीतिमा असाधारण सफलता भन्दै मंगलबार बोलेपछि सुष्माको कडा आलोचना सुरू भएको थियो ।

Advertisement

उनले प्रधानमन्त्री नरेन्द्र मोदी प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर सम्बोधन गर्ने पहिलो प्रधानमन्त्री भएको जिकिर गरेकी थिइन् ।

सुस्मा स्वराजले भनेकी थिईन् ‘आजभन्दा पहिले कुनै पनि भारतीय प्रधानमन्त्रीले भारतीय समुदायसँग जोडिने गरी सम्बोधन गरेका थिएनन् । नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुन्, जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौँ भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सीधै जोड्ने काम गर्नुभएको छ ।’

उनले बोलेको यो भिडियो युट्युबमा राखेपछि कडा आलोचना सुरु भएको थियो ।

सुष्माले करिब डेढ घण्टा लामो सवाल जवाफमा निकट छिमेकी नेपालसँगको सम्बन्ध, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे एक शब्द पनि बोलेकी थिइनन् भने जनकपुरमा मोदीले लाखौँ भारतीयलाई सम्बोधन गरेको विवादास्पद अभिव्यक्ति दिन भ्याइन् ।

भारतीय प्रधानमन्त्री मोदी गत वैशाख २८ गते जनकपुर हुँदै नेपाल भ्रमणमा निस्केका थिए । उनले जनकपुरको बाह्र बिघा मैदानमा नागरिक अभिनन्दनका क्रममा सम्बोधन गरेका थिए । सम्बोधनको आयोजना प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top