चीन र भारतलाई जोड्ने कालीगण्डकी करिडोर स्तरोन्नतिको काम अन्तिम चरणमा

११ पुस ७७, आइतबार

११ पुस, बाग्लुङ ।

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङखण्ड फराकिलो बनाउने काम अन्तिम चरण पुगेको छ । आयोजनाको बागलुङ खण्डअन्तर्गत बलेवा विमानस्थलदेखि जैमिनीको पालुङखोलासम्मको सडक १० मिटर चौडा बनाउने काम ८० प्रतिशत सकिएको हो ।

कोरोना महामारीका कारण भएको लकडाउनको समयमा समेत कामलाई निरन्तरता दिएको नेपाली सेनाले आगामी जेठ १५ गतेसम्म आयोजना हस्तान्तरण गर्नेगरी काम चलिरहेको जनाएको छ । आयोजना निर्माणको जिम्मा लिएको सेनाले पछिल्लो समय अधिकांश स्थानमा भिर, पहरा र चट्टान काटेर सडकलाई १० मिटर चौडा बनाइरहेको छ ।

Advertisement

बागलुङखण्डअन्तर्गतको मालढुङ्गा–बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक भने सेनाले गत वर्ष नै सडक विभागको कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेको थियो । बलेवा विमानस्थलदेखि केही अघि बागलुङ नगरपालिकामा पर्ने खण्डमा पर्खाल लगाउने र माटो पन्छाउने काम मात्रै बाँकी छ ।

“जैमिनी नगरपालिकामा पर्ने सबै खण्डमा काम चलिरहेको छ । कुनै अवरोध नभए जेठमा हामीले जिम्मेवारी हस्तान्तरण गर्छौं”, नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले भने, “चिसोमा काम गर्नेहरु कम पाइन्छन् तर हामीले रोक्ने छैनौँ ।” बागलुङ खण्डअन्तर्गत २४ किलोमिटर १६० मिटर सडक फराकिलो बनाउने काम चलिरहेको छ ।

Advertisement

जैमिनी नगरपालिका–८ छिस्तीको बाघखोरमा बम विस्फोट गरेर चट्टान कटानको काम भइरहेको भट्टराईले बताए । “केही ठाउँमा ब्लास्टिङको काम पनि बाँकी छ, केही ठाउँमा वाल लगाउनुपर्ने छ”, उनले भने, “छिटफुट काम रहेकाले छिट्टै सकिन्छ भन्नेमा छौँ ।” उक्त खण्डमा सबैभन्दा कठिन मानिएको जैमिनी नगरपालिका–५ को भिर र वडा नं ६ को काभ्रेको भिरमा चट्टान फोड्ने काम सकिएको भट्टराईले बताए ।

करिडोर फराकिलो भएपछि सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोरला पुग्न सवारी साधनलाई सहज हुनेछ । सेनाको निर्माण कार्यदलले बागलुङ र गुल्मीको समेत गरी ३८ किलोमिटर सडक फराकिलो बनाउनका लागि चालू आर्थिक वर्षमा रु १८ करोड २५ लाखमा जिम्मेवारी पाएको थियो ।

भारतको सुनौली नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने ३४५ किलोमिटर दूरीको यो करिडोर अहिलेसम्मकै छोटो मार्ग भएको आयोजनाले जनाएको छ । करिडोरको गुल्मी खण्डमा कालोपत्रको कामसमेत शुरु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top