बागमती किनारमा फोहर फाल्नेबाट २३ हजार जरिवाना

११ पुस ७७, आइतबार

११ पुस, काठमाडाैँ ।

राजधानीको सभ्यताको स्रोत बागमती नदीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाहीस्वरुप रु २३ हजार जरिवाना गरिएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, बागमती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने, बाटो कब्जा गरी व्यापार व्यवसाय चलाएर सार्वजनिक स्थान कब्जा गर्नेलाई नसिहतसहित दण्ड जरिवाना गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।

मनोहरा दोभानबाट आलोकनगरसम्म फोहर फाल्ने राजकुमार शर्मा रु एक हजार, मीना केसी रु पाँच हजार, बेखालाल तण्डुकार रु एक हजार, दीपेन्द्र बस्नेत रु पाँच हजार, रत्नकाजी श्रेष्ठ रु पाँच हजार, सुमन इन्टरप्राइजेज रु पाँच हजार, कुकुर क्याफे रु एक हजार गरी जम्मा रु २३ हजार जरिवाना गरिएको छ । जरिवाना गरिएको रकम महानगरपालिका वातावरण व्यवस्थापन विभागलाई हस्तान्तरण गरिएको सफाइ महाअभियानले जनाएको छ ।

बागमती सफाइ महाअभियानको ३९८औँ हप्तामा वाग्मती मनोहरा दोभान आर्ट अफ लिभिङले बनाएको बगैँचाअघिको शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । प्रमुख अभियानकर्मी, पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धब तिमिल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठसहितको सफाइमा सक्रियता थियो । सशस्त्र प्रहरी टोली, अभियानकर्मीलगायतले १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

फोहरको मूल स्रोतमै न्यूनीकरण गनुपर्ने, फोहरलाई वर्गीकरण गरी फाल्नै पर्नेलाई मात्रै फालौँ, फोहरलाई मोहर बनाउनुपर्नेमा पनि अभियानकर्मीले जोड दिएका छन् ।

वाग्मती नदी तिलगङ्गा खण्ड सफाइको २७९औँ हप्तामा महिला समूह र बतास फाउन्डेशनले यस क्षेत्रमा सफाइ गरेको छ । मनोहरा सफाइको १९७औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित जडीबुटी–मनोहरा कृषि बजारअघि सफाइ गरिएको छ ।

यसैगरी राजधानीका गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, उत्तर र पश्चिम क्षेत्रको चक्रपथलगायत स्थानमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर १०६ स्थानमा सफाइ अभियान शुरु भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top