झापा, मोरङ र सुनसरीबाट २५३ जना सडक आश्रित मानवहरुको उद्धार

११ पुस ७७, शनिबार
Share this
759shares

११ पुस, विराटनगर।
प्रदेश १ को तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएको हो ।

Advertisement

झापा, मोरङ र सुनसरीमा सहयोगापेक्षी सडक आश्रित मानवहरु अव सडकमा नदेखिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । सडक मानवको उद्धारकार्य जटिल भएको उनले बताए । प्रदेश सरकारले आगामी बैशाख भित्रमा सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिसकिने बताए । प्रदेश सरकारले मानव सेवा आश्रम, स्थानीय तहसँगको सहकार्यमा उद्धार कार्य निरन्तर रुपमा गर्दै आएको मन्त्री घिमिरे बताए ।

Advertisement

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले मानव सेवा आश्रमको अभियानका कारण सडक आश्रितहरुको व्यवस्थापनमा सहज भएको बताए । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेचीबाट शुरु भएको अभियान महाकालीमा माघ ७ गते सम्पन्न हुने बताए । उनले आगामी २०८२ भित्रमा नेपाललाई शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनी रात विताउन विवश घरबार विहिन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरु रहित राष्ट्र नेपाल निर्माण गरिने बताए ।

बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले सडकमा बेसहारा, असहायहरु अवदेखि नहुने प्रतिबद्धता व्यक्त गरिन् । मानव सेवा आश्रमले पुस ७ गतेदेखि शुरु भएको मेची–महाकाली अभियान अन्र्तगत झापाबाट ७६, सुनसरीबाट १११ र मोरंगबाट ६६ जनाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालय, सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन् ।

Advertisement

उद्धार गरिएका मध्ये १९ जना बालबालिका र १ जना अपाङ्गता भएका व्यक्ति छन् । उद्धार गरिएका ९ जना बालबालिकालाई काठमाण्डौं पठाईएको र बाँकीलाई इटहरीमा राखिएको सामाजिक विकास मन्त्रालयका बाल अधिकार श्रोत व्यक्ति सुमन अधिकारीले जानकारी दिए । उद्धार गरिएकाहरुमा ५ देखि ८० बर्ष उमेर समूहका रहेको मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top