कर्णालीमा ८१ जनप्रतिनिधिको पद रिक्त

वीरेन्द्रनगर: छोरी र छिमेकीबीच विवाद भएपछि घटना न्यायिक समितिसम्म पुग्यो । कालीकोटको तिलागुफा नगरपालिका–४ की खगिसरा कार्की पछिल्लो एक वर्षदेखि न्याय कुरिरहेकी छन् । कारण हो न्यायिक समिति प्रमुख पद लामो समयदेखि रिक्त छ । ‘हुन त अरू पनि छन् विवाद मिलाउनलाई, तर नगर उपप्रमुख भएको भए हामीलाई थप सहज हुन्थ्यो,’ उनले भनिन् ।

गत वर्ष एक कार्यक्रममा सहभागी हुन अमेरिका गएकी उपप्रमुख दन्ता नेपाली फर्किएकी छैनन् । उनी एक वर्षदेखि सम्पर्कविहीन बनेको नगर प्रमुख रत्नबहादुर शाहीले बताए । उनका अनुसार न्यायिक समिति, योजना तथा अनुगमन, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिलगायत विभिन्न १३ वटा समितिको नेतृत्व गर्नुपर्ने उपप्रमुख नै नहुँदा सेवा प्रवाहमा असहजता थपिएको छ ।

गत माघमा ८ लाख रुपैयाँ घूससहित पक्राउ परेका जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी र वडा–५ का अध्यक्ष राजबहादुर शाही निलम्बित छन् । जुनीचाँदे–११ मा पनि वडाध्यक्ष नहुँदा योजना कार्यान्वनमा समस्या भइरहेको छ ।

Advertisement

कर्णाली प्रदेशका ८ जिल्लामा ८१ जनप्रतिनिधिको पद रिक्त छ । तर पदपूर्ति नहुँदा स्थानीयवासी विकास निर्माण र प्रशासनिक काममा सास्ती भोग्न बाध्य छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगर उपप्रमुख पद खाली छन् । ६ वडाध्यक्ष र ७३ वडा सदस्यको पनि पदपूर्ति हुन सकेको छैन । स्थानीय तहको निर्वाचनमा केही वडा सदस्यमा उम्मेदवारी नै परेको थिएन । केही जनप्रतिनिधिको मृत्यु भएको हो भने केही वैदेशिक रोजगार र अन्य सेवामा छन् । घूस खाएको आरोप लागेपछि केही निलम्बित भएका सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयले जनाएका छन् ।

प्रदेशका सुर्खेत र दैलेखमा भने सबै सबै जनप्रतिनिधि सेवामै खटिएका छन् । डोल्पामा सबैभन्दा बढी ३० जनप्रतिनिधिको पद रिक्त छ । अधिकांश स्थानीय तहमा दलित महिला सदस्यको पद खाली छ । त्रिपुरासुन्दरी नगरपालिका–७, १० र ११, ठूलीभेरी नगरपालिका–१, ४ र ११ र काइके गाउँपालिका–१, २ र ३ मा दलित महिला सदस्य नै छैनन् । महिला सदस्यका लागि उम्मेदवारी नै नपरेको शे–फोक्सुन्डो गाउँपालिका–१, २, ३, ६, ७, ८ र ९, मुड्केचुला–५ र जगदुल्ला–२ मा पनि दलित महिला सदस्य छैनन् । डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका १ देखि ६ वडामा पनि सदस्य पद खाली छ ।

जुम्लामा एक वडाध्यक्षसहित २२ जनप्रतिनिधिको पद रिक्त छ । चन्दननाथ नगरपालिका–८ का वडा सदस्यको मृत्यु भएको थियो भने वडा–३ र ४ का सदस्य जिल्ला समन्वय समिति ९जिसस० मा निर्वाचित भएपछि उनीहरूको पद खाली छ । तातोपानी गाउँपालिका–१ र ५ का सदस्य पनि जिससमा निर्वाचित भएपछि पदपूर्ति हुन सकेको छैन । वडा–३ मा दलित महिला सदस्यसहित २ वडा सदस्यको मृत्यु भइसकेको छ । कनकासुन्दरी गाउँपालिका–७ र ८ वडा सदस्य, हिमा गाउँपालिका–१ का अध्यक्ष र सिञ्जा–३ का वडा सदस्यको पनि मृत्यु भइसकेको छ । पातारासी–६ मा पनि वडा सदस्य कार्मा बुढा जिसस उपप्रमुखमा निर्वाचित भएका थिए ।

यस्तै, मुगुमा ११ र कालीकोटमा ५ जना जनप्रतिनिधि छैनन् । कालीकोटको तिलागुफा–१० मा दलित महिला सदस्य, नरहरिनाथ–९, पलाँता गाउँपालिका–४ र ८ मा दलित सदस्य पदमा उम्मेदवारी नै परेको थिएन । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का अध्यक्षको मृत्यु भएको हो । जाजरकोटमा ६ जना जनप्रतिनिधिको पदपूर्ति हुन सकेको छैन । सल्यानको शिद्धकुमाख गाउँपालिका–४ का अध्यक्षले शिक्षकमा नाम निकालेपछि पद खाली छ । रुकुम–पश्चिममा ३ जना वडा सदस्यको मृत्यु भएकाले पद खाली छ ।

स्थानीय तहका प्रमुख, उपप्रमुुख र वडाध्यक्षले राजीनामा दिएमा, मृत्युु भएमा वा पदावधि सकिएमा मात्र पद रिक्त हुने संविधानमा उल्लेख छ । स्थानीय तह उपनिर्वाचन निर्देशिकाअनुसार जनप्रतिनिधिको मृत्यु भए वा पद खाली भए उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ । अघिल्लो वर्ष हुम्ला र सल्यानमा मात्रै उपनिर्वाचन भएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top